Advertisement
SKIP THIS
आज:  | Sun, 17, Oct, 2021
FLASH NEWS

पेल्ट्रिकसेट र माईक्रोहाईड्रोको करोडौंकोे लगानी बालुवामा पनी


समृद्ध अनलाईन १ मंसिर २०७६, आईतवार १८:०१ मा प्रकाशित ( साल अघि) ७४३८ पाठक संख्या

ओखलढुंगा, मंसिर १ गते । वर्षौदेखी विद्युतमा गरेको करोडौंको लगानी बालुवामा पनी हाले सरह भएको छ । पछिल्लो समय नेपाल विद्युत पाधिकरणले ग्रमिण बिद्युतिकरण गर्नथाले पछि स्थानिय जनता र गाउँ विकास समितीहरुले लगानी गरेको माइक्रोहाईड्रा्को लगानी वालुवामा पानी हाले सरह भएको हो ।
ओखलढुंगाका ७५ वटा वडामा वर्षौदखी साविकका गाउँ विकास समिती, बैकल्पिक उर्जा तथा स्थानियले लगानी गरि उत्पादन गरेको १.५ मेगावट भन्दा बढी विद्युत उत्पादन गरेका छन् । ग्रामिण क्षेत्रमा कम्तिमा १० किलोवाट बिद्युत उत्पादन गर्नलाई ५० लाख बढी लाग्ने गर्दछ । यसरी जनताको प्रत्यक्ष लगानीमा उतपादन गीएका माईक्रोहाईड्रो र पेल्टिकसेट पछिल्लो समय मर्मत संहार र सम्रक्षण नहुँदा खण्डहर बन्दै गएका छन् । पछिल्लो समय राज्यले हरेक गाउँमा केन्द्रिय बिद्युत पुयाउन थाले पछि गाउँँ गाउँमा उत्पादन गरीएका बिद्युत गृह मर्मत नहुँदा यो अवस्था भएकोे खिजीदेम्वा गाउँपालिका अध्यक्ष बेदबहादुर रोकाले बताए । आफ्नो गाउँपालिकामा लिखु चाार हाईड्रोपावर निर्माण हुन लगेका भए पनि अझै केही वर्ष राष्ट्रिय प्रसारण लाईन बिस्तार हुन अवस्था नभएको र केही वर्ष स्थानिीय स्तरमा उत्पादन भएका माईक्रोहाईड्रो संचालनमा आउने उनको भनाई छ ।
पछिल्लो समय ओखलढुंगामा लिखु , चम्पादेवी, चिसंखुगढी, मोलुङ, मानेभञ्ज्याङ, सुनकोशी गाउँपालिका र नगरपालिकामा बिद्युत बिस्तार हन थाले पछि जनताको लगानी वालुवाा पानी खन्याए जस्तो भएको सुनकोशी गाउँपालिका अध्यक्ष रुदप्रसाद अधिकारीको भनाई छ । उनले मोलुङखालाबाट उत्पादन गर्न लागिएको ३०० किलोवाट भन्दा बढी क्षमताको माईक्रोहाईड्रोको उपभोक्ता समितीले आज सम्म हिसाव सार्पजानिक गर्न नसकेका कारण प्रतिपरीवार उठाईएको ७ हजार तथा साविकका गाउँबिकास समिती र जिल्ला विकास समितीले लगानी गरेको करोडौं रकम कहापुग्यो भन्ने समेत सर्व साधरणलार्ई थाहा नभएको बताए ।
त्यस्तै गरी मानेभञ्ज्याङ गाउँपालिाकामा साविकका गाविसहरुले करोडौं लगानी गरेका भए पनि पछिल्लो समय गाउँपालिकामा रहेको एउटा माईक्रोहाईड्रो मात्रै संचालनमा रहेका र आगामी एक वर्ष भित्रमा गाउँपालिकामा बिद्युतिकरणको काम सक्ने गरी आफुहरु लागि परेको गाउँपालिका अध्यक्ष मोतिराज राईले बताए ।
खिजीदेम्वा गाउँपालिकाका बिभिन्न वडामा ३०० किलो वाट भन्दा बढी बिद्युत उत्पादन गीएका छ । त्यस्तै गरी लिखु गाउाँलिकाको विभिन्न वडामा १५ वटा माईक्रो हाईड्रो तथा पेल्टिकसेटबाट २०० किलो वाट भन्दा बढी बिदुत उत्पादन गरीएको छ । त्यस्तै गरी चिसंखुगढी गाउँपालिकाका बिभिन्न वडामा पनि १५० कि वा भन्दा बढी बिद्युत उत्पादन गरीएको छ । मानेभञ्ज्याङ गाउँपालिकाका बिभिन्न वडामा १५० किलोवाट भन्दा बढी बिद्युत क्षमता बिभिन्न माईक्रोहाईड्रो र पेल्ट्रिकसेटबाट उत्पादन गरीएको छ भने सुनकोशी गाउँपालिकामा १०० किलोवाट बिद्युत उत्पादन गरीएको छ । सुनकोश गाउँपालिका मै मोलुङखोला मै निर्माणधिन ३०० किलो वाट भन्दा माथिको माईक्रोहाईडोको लगानीको आज सम्म हिसाव सार्वजानिक हुन सकेका छैन । गाउँमा टुकी बिस्थापन कै लागि चम्पादेवी गाउँपालिकामा २५० किलोवाट भन्दा बढी बिद्युत उत्पादन गरीएको छ भने मोलुङ गाउँपालिकामा पनि २०० किलोवाट भन्दा बढी बिद्युत उत्पादन गरीएको छ । जिल्ला सदरमुकाम आसपासमा समेत केन्द्रिय बिद्युतिकरण नहुँदा सिद्धिचरण गरपालिका भित्रै पनि २०० किलोवाट भन्दा बढी बिद्युत उत्पादन गरीएको थियो ।