Advertisement
SKIP THIS
आज:  | Sun, 17, Oct, 2021
FLASH NEWS

बुद्ध एयरले भद्रपुर र बिराटनगरबाट सिधै पोखरा उडान भर्ने


समृद्ध अनलाईन १० मंसिर २०७६, मंगलवार ०९:०८ मा प्रकाशित ( साल अघि) ६२२९ पाठक संख्या

अर्जुनधारा मंसिर १० गते । बुद्ध एयरले प्रदेश नं १ बाट प्रादेशिक हवाई उडान भर्ने भएको छ । पर्यटन वर्ष २०२० लाई लक्षित गरी आगामी डिसेम्बर १ तारिखदेखि विराटनगर र भद्रपुरबाट काठमाडौँ तथा पोखराका लागि उडान गर्ने भएको हो ।
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सबै सेवामा आमनागरिकको पहुँच पु¥याउनु नै समृद्धिको शुरुआत भएको बताउँदै सो सेवालाई दिगो र प्रभावकारी बनाउन प्रदेश सरकारले भूमिका निर्वाह गर्ने भन्दै विराटनगर विमानस्थललाई स्तरोन्नति गर्ने जानकारी दिए । विराटनगर विमानस्थलको धावनमार्गलाई दुई हजार ४०० मिटर बनाउन प्रदेश सरकारले पहल गरिरहेको मुुख्यमन्त्रि राईको भनाइ थियो ।
भद्रपुर र विराटनगर देखि पोखरासम्मको ट्रान्जिट फ्लाइटसम्बन्धी बुद्ध एयरद्वारा परीक्षणस्वरुप सो कार्य छ महिना सञ्चालन गर्ने र कम्पनीले नोक्सान व्यहोर्नुपर्ने स्थिति नभएमा सधैँ सेवा सञ्चालन गरिने बुद्धएयरले बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतल बताए । नेपाल भ्रमण वर्ष २०२० लाई टेवा पु¥याउन प्रदेश सरकारको आग्रहमा उक्त सेवा सञ्चालनमा ल्याउँदा आन्तरिक र बाह्य पर्यटकलाई विशेष फाइदा पुग्ने र शुरुमा हप्तामा तीन दिन सो सेवा सञ्चालन गरीने बस्नेतको भनाई छ ।