Advertisement
SKIP THIS
आज:  | Sun, 17, Oct, 2021
FLASH NEWS

प्याजको मूल्य बढे संंगै उपभोक्ता मारमा


समृद्ध अनलाईन १३ मंसिर २०७६, शुक्रबार १३:४० मा प्रकाशित ( साल अघि) ८२६९ पाठक संख्या

अर्जुनधारा, मंसिर १३ गते । पछिल्लो समय प्याजको भाउ बढे संगै उपभोक्त मारमा परेका छन् । भारतबाट वैधानिक रूपमा प्याज नेपाल भित्रन छाडेसँगै भाउ बढेपछि उपभोक्ता मारमा परेका हुन् ।
हरेक तरकारीमा स्वादका लागि प्रयोग गरिने प्याजको भाउ एक वर्षमा झन्डै पाँच सय प्रतिशतले महँगो भएको छ । काठमाण्डौमा गत वर्षको मङ्सिरमा प्रतिकेजी ३१ रुपियाँ थोक किनबेच भएको प्याज अहिले बढेर १७७ रुपियाँ पुगेको छ । काठमाण्डौको खुद्रा बजारमा प्याजको भाउ २०० देखि २ सय २० रुपियाँसम्म कारोबार भइरहेको छ भने उपत्यकाबाट बाहिरीएको प्याज प्रतिकेजी २ सय ५० देखी २ सय ७० सम्म पुगेको छ । पुर्वका पहाडी जिल्लाहरुका वजारमा केही महिना अघि सम्म ८० रुपैंयामा पाउने प्याज अहिलेय २ सय ६० रुपैंया पुगेको छ । काठमाण्डौ उपत्यका प्याजका लागि भारतमै परनिर्भर हुनुपर्ने र भारतले नेपाल प्याज पठाउन रोक लगाएपछि व्यापारीले अवैधानिक बाटोबाट ल्याएको प्याज झन् महँगो भएको हो ।
अघिल्लो वर्ष यो बेलामा कालीमाटीमा मात्रै भारतबाट दैनिक ९५ देखि १०० टन प्याज आयात हुने गरेकोमा अहिले औसतमा ५० टन मात्रै आएको तथ्याङक रहेको छ । मागको आधा मात्रै प्याज आपूर्ति भएकाले मूल्य बढेको र यो पटक भारतमै भाउ बढेका,े प्याज अवैधानिक बाटोबाट ल्याउँदा झन् बढेको हुनसक्ने जानकारहरु बताउँछन् । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको कारण प्याजको भाउ ह्वात्ते बढेको हो । नेपालमा प्याज उत्पादनको मौसम भर्खर सुरु भएको छ । यहाँ आठ÷दस दिनभन्दा धेरै प्याज भण्डारण गर्न पनि सकिन्न । त्यसैले अहिले काठमाण्डौैमा खुद्रा २०० देखि २२० रुपियाँसम्म पुगेको छ भने काठमाण्डौ उपत्यका हुदै प्याज आयत हुने जिल्लाहरुमा २५० देखी २७० सम्म पुगको छ । प्याजको भाउ थप बढ्न सक्ने व्यापारी बताउँछन् ।
नेपालमा खपत हुनेमध्ये जम्मा दुई प्रतिशत मात्रै प्याज आन्तरिक उत्पादन हुन्छ, बाँकी ९८ प्रतिशत भारतबाटै आयात हुन्छ । अहिले भारतबाटै प्याज महँगो भएर आएको छ, त्यसमाथि यहाँ व्यापारीले यसको मौका छोपेर मनपरी भाउमा बिक्री गर्ने गरेका छन् तर बजारमा व्यापार गर्दै आएका व्यापारीले नै प्याजको भाउ कसले बढायो भन्ने बारेमा आफूहरू बेखबर रहेको बताउँछन् । उपभोक्ता अधिकारकर्मीहरू सरकारको अनुगमन नै नभएकाले प्याज व्यापारीले मनपरी भाउमा बिक्री गर्ने गरेको आरोप लगाउँछन् । बजारमा प्याज कम आएर भन्दा पनि व्यापारीको मनपरीका कारण भाउ महँगो भएको उपभोक्ताहरु बताउँछन् । बजारमा प्याज आएर पनि किन महँगो भएको हो बजार अनुगमन गर्ने नियमनकारी निकाय जिम्मेवार बन्नुपर्दैन भन्ने प्रश्न उपभोक्तका रहको छ ।
नेपालमा खपत हुने परिमाणमध्ये झन्डै ९८ प्रतिशत भारतका नासिक, कानपुर, इन्दौर, लखनऊ र सिमलालगायत स्थानबाट आयात हुन्छ । भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५÷७६ मा पाँच अर्ब ६२ करोड २५ लाख रुपियाँको प्याज आयात भएको थियो । काठमाडौँ उपत्यकामा मात्रै दैनिक २७० टन खपत हुन्छ ।