आज:  | Tue, 27, Oct, 2020
FLASH NEWS

जिल्ला स्तरीय खेल मैदान बनाईदै


समृद्ध अनलाईन १३ माघ २०७६, सोमबार ०८:१० मा प्रकाशित ( महिना अघि) २०१ पाठक संख्या

ओखलढुंगा, माघ १३ गते । ओखलढुंगाको सुनकोशी गाउँपालिकामा नमूना खेल मैदान बनाईने भएकोे छ । गाउँपालिकाको च्यानमस्थित प्रबुद्ध माविको खेल मैदानलाई नमूना खेल मैदानको रुपमा निर्माण बनाईने भएकोे हो ।
सघिय संसाद यज्ञराज सुनुवार, नेपाली काग्रेस जिल्ला सभापति प्रदीप कुमार सुनुवार तथा गाउँपालिका अध्यक्ष रुद्ध प्रसाद अधिकारीलगाएतको टोलीले युवा तथा खेलकुदमन्त्री जगत बहादुर विश्वकर्मा समक्ष खेलकुद मैदान निर्माणका लागि आवश्यक बजेटको माग गर्दै डिपीआर बुझाएको हो । खेल मैदान निर्माणका लागि जग्गाको जग्गाधनि पुर्र्र्जासहित डिटेल प्रोजेक्ट रिपोर्ट (डिपीआर) निमार्ण गरी युवा तथा खेलकुद मन्त्रालयमा पेश गरिएको गाउँपालिका अध्यक्ष रुद्रप्रसाद अधिकारील बताए ।
गत भदौ महिनामा मन्त्रालयले न्यूनतम मापदण्ड पूरा गरी नमून खेल मैदान निर्माणका लागि मागपत्र पेश गर्न प्रत्येक स्थानीय तहलाई पत्राचार गरेको र सोही अनुसार गाउँपालिकास्थित प्रबुद्ध माविको खेल मैदन उपयुक्त भएको भन्दै गाउँपालिकाले डिपीआर तयार गरेर पेश गरेको हो ।
गाउँपालिकाको डिपीआर सहितको खेल मैदान निर्माणको मागपत्र बुझ्दै खेलकुद मन्त्री विश्वकर्माले खेलकुद मैदान निर्माणका लागि चासो देखाएको र खेल मैदान निर्माणका लागि जग्गाको जग्गाधनि पूर्जासहितको प्रस्ताव आएकोले मैदान निर्माणका लागि आवश्यक कदम चाल्ने प्रतिबद्धता ब्यक्त गरेका गाउँपालिका अध्यक्ष अधिकारीले बताए ।
च्यानममा खेलकुद मैदान निर्माण भएपछि जिल्ला स्तरीय तथा अन्तर जिल्ला स्तरीय खेलकुद र राष्ट्रपति रनिङ शिल्ड सञ्चालनका लागि सहज हुनेछ ।