आज:  | Tue, 27, Oct, 2020
FLASH NEWS

तेस्रो उन्जेलामा स्मृती लोसारकप २०७६ आगामी फागुन ५ देखी


समृद्ध अनलाईन १६ माघ २०७६, बिहीबार १७:३९ मा प्रकाशित ( महिना अघि) २४० पाठक संख्या

ओखलढुंगा, मघ १६ गते । ओखलढुंगामा तेस्रो उन्जेलामा स्मृती लोसारकप २०७६ हुने भएको छ । ओखलढुंगा सदरमुकाममा पत्रकार सम्मेलन मार्फत आगामी फागुन ५ गतेदेखि तेस्रो उन्जेलामा स्मृती लोसारकप २०७६ हुने जानकारी गराईएको हो ।
साविकको पात्ले, श्रीचौर, भोटेचौर, रावादोलु, भूसिंगा, जन्तरखानी लगायत शेर्पा वस्तीमा चर्चित लामा गुरु ङिमा छेत्तार शेर्पाको स्मृतीमा गठन भएको उन्जेलामा स्मृति प्रतिष्ठानले तेस्रो उन्जेलामा स्मृती लोसारकप २०७६ गर्न लागेकोहो । प्रतिष्ठानले २०७० सालमा प्रतिष्ठान गठन पश्चात् प्रथम उन्जेलामा स्मृती कप तथा विविध कार्यक्रम २०७१ मा र दोस्रो २०७५ मा खिजीदेम्बा ९ मा नै भव्यतापूर्वक सम्पन्न गरेको थियो । त्यस्तै, संस्थाले शेर्पा संस्कृतिको उत्थान र जर्गेना गर्ने हेतुले विभिन्न कार्यक्रमहरु श्याब्रु नृत्य प्रशिक्षण तथा प्रतियोगिताहरु समेत नियमित रुपमा आयोजना गर्दै आइरहेको छ । त्यस्तै, यस पटक विहिवार देखि एक हप्ताको लागि लोपोन्मूख सिली नृत्यको प्रशिक्षण समेत कक्षा समेत सुरु गरीएको पत्रकार सम्मेलनमाजानकारी राईएको थियो ।


पत्रकार सम्मेलनमा उन्जेलामा स्मृती लोसारकप २०७६ का ब्यवस्थापक लाक्पाजि शेर्पाले संस्कृतिको संरक्षण, पूर्खाको विरासतको रक्षा गर्दै ‘नेपाल भ्रमण बर्ष २०२०’ सफल पारौं’ भन्ने नाराका साथ ‘तेस्रो उन्जेलामा स्मृती लोसारकप २०७६ तथा विविध कार्यक्रम उन्जेलामा स्मृती प्रतिष्ठानले ग्याल्पो लोसार शुभकामना आदनप्रदान, नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन सघाउ पुर्याउने र युवाहरुलाई खेल क्षेत्रमा आकर्षण बढाउने हेतुले फागुन ९ देखि पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता, खुल्ला मिनि म्याराथुन प्रतियोगिता र खिजीदेम्बा वडा नं. ९ पात्ले भित्रका विद्यालयहरुका लागि विविध कार्यक्रम रहेका छन् ।
पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताका लागि शिल्ड, मेडल, प्रमाण–पत्रका साथमा विजेतालाई रु. ५५हजार ५ सय ५५ रुपैंया, उपविजेतालाई रु. ३३ हजार ३ सय ३३ रुपैंया र सान्त्वनालाई रु. ११ हजार १ सय ११ रुपैंया पुरस्कार रहेको बताए । भलिबल तर्फ उत्कृष्ठ र अनुशासित खेलाडीलाई रु. ३ हजार ३ सय ३३ रुपैंया का साथमा शिल्ड मेडल र प्रमाण पत्ररहेको बताईएको छ । त्यस्तै खुल्ला मिनि म्याराथुन प्रतियोगिता शिल्ड, मेडल प्रमाणपत्रका साथमा विजेता ११ हजार १ सय ११ रुपैंया र उपविजेता ५ हजार ५ सय ५५ रुपैंयाका साथमा टीसर्ट समेत रहेको पत्रकार सम्मेलनमा शेर्पाले बताए । त्यस्तै गरी खिजीदेम्बा वडा नं. ९ पात्ले भित्रका विद्यालयहरुका लागि विविध कार्यक्रमको विजेता र उपविजेतालाई आकर्षक नगद पुरस्कार र प्रमाण पत्र, शिल्डको व्यवस्था रहेको बताईएको छ । उनले कार्यक्रमलाई सफल पार्न श्री छप्ते शेर्पा (हाल अमेरिका) ले मूख्य प्रायोजक, लाक्पा तेन्जी शेर्पा, गोरखा ब्रुवरी, गोल्डेन गुड्स शेर्पा कन्सट्रक्सन, प्रायोजक, त्यस्तै, ओखलढुंगा नौ डाँडा संस्था, खिजीदेम्वा वडा नं. ९, शिवालय मावि छेर्मादिङ, पिक प्रमोशन फाउन्डेशन, हाम्रो मम ओखलढुंगा, शेर्पा पत्रकार संघ लगायतले समन्वयको भूमिका निर्वाह गरेको बताएका छन् । शेर्पाले आधारभूत तह (प्रावि) स्तरीय हाजिरी जवाफ प्रतियोगिता, निम्नमाध्यमिक, माध्यमिक तह वातृत्वकला प्रतियोगिता, प्राविस्तरीय (निजी, राहत, स्थायी) शिक्षक वादविवाद प्रतियोगिता, हाजिरी जवाफ फागुन ५ गते महादेव आधारभुत विद्यालय तावर, वातृत्वकला फागुन ६ गते जनता आधारभुत विद्यालय दोराखर्क र शिक्षक वादविवाद प्रतियोगिता पिके फाप्रे आधारभुत विद्यालय फाप्रेमा फागुन ७ गते हुने बताईएको छ । भलिवल २०७६ फागुन ९ गतेदेखि हुनेछ भने म्याराथुन प्रतियोगिता फागुन ११ गतेदेखि हुने पत्रकार सममेलनमा बताईएको छ ।