आज:  | Mon, 03, Aug, 2020
FLASH NEWS

चयुरीडाँडा माबिमा शिक्षकको आवस्यकता


समृद्ध अनलाईन १८ माघ २०७६, शनिबार १७:०५ मा प्रकाशित ( महिना अघि) १५४ पाठक संख्या

ओखलढुंगा, माघ १८ गते । ओेखलढुंगाकोे एक बिद्यलायमा बालविकास केन्द्र देखि मावितहको लागि शिक्षकको आवस्यकता परको छ । लिखु गाउँपालिका वडा नं. १ मा अवस्थित च्युरीडाडा माविमा बालविकास केन्द्र, निमावि तथा मावि तहमा शिक्षक आवस्यकता परेकोे होे ।
विद्यालयले गाउँपालिकाको ०७६ माघ १४ को चलानी नं. १०४६ को अनुमति पत्रको आधारम विद्यालय ब्यवस्थापन समितीले माघ १५ गतेको निर्णय गरेर तिन वटा विज्ञापन खुलाएको हो । विद्यालयको विज्ञापन नं. १ मा मावि अंगे्रजी राहत, विज्ञापन नं. २ मा निमावि अग्रेजी राहत र विज्ञापन नं. ३ मा बालविकास केन्द्र सहयोगीको खुल्ला बिज्ञापन गरीएको बिद्यालयका प्रधानअध्यापक लालबावु यादवले बताए । ईच्छुक नेपाली नगरीकले यहि माघ २९ गते सम्म दरखास्त दिन सक्ने यादवको भनाई छ । प्रअ यादवका अनुसार मावि तहका लागि २ हजार पाँच सय, निमावि तहका लागि १ हजार ५ सय रबालविकास केन्द्रका लागि रुपाँच सय दरखास्त दस्तुर सहित आवेदन नि सकिने छ ।