आज:  | Mon, 03, Aug, 2020
FLASH NEWS

अर्जुनधारा प्रेस क्लवको तेश्रो साधारण सभा फागुन १७ गते


समृद्ध अनलाईन ३ फाल्गुन २०७६, शनिबार १२:५४ मा प्रकाशित ( महिना अघि) १६७ पाठक संख्या

 

अर्जुनधारा, फागुन ३ गते । झापाको अर्जुनधारामा रहेको अर्जुनधारा प्रेस क्लवको साधारण सभा फागुन १७ गते हुने भएको छ । क्लवको शनिबार सम्पन्न बैठकले आफ्नो तेश्रो साधारणसभा आगामी फागुन १७ गते गर्ने निर्णय गरेकोे हो ।
साधरण सभा अर्जुनधारा १ मा रहेको हलुवागढ सामुदायिक वनको कालीखोला सिमसार तथा पर्यटकिय क्षेत्रमा आयोजना गरीने निर्णय भएको क्लवका सचिव प्रेम आचार्यले बताए । साधारणसभालाई सफलताका साथ सम्पन्न गर्न बैठकले बिभिन्न ६ वटा उपसमिती बनाई कार्यबिभाजन समेत गरेको उनको भनाई छ । प्रेम आचार्यको संयोजकत्वमा अर्थ संकलन उपसमिति , रमेश समदर्शीको संयोजकत्वमा सभा व्यबस्थापन उपसमिति , कुमार भट्टराईको संयोजकत्वमा अतिथी पत्राचार तथा व्यबस्थापन , दिपीन राईको संयोजकत्वमा अतिथी सत्कार उपसमिति गठन गरीएको छ । त्यस्तै गरी खाना र मनोरञ्जन व्यबस्थापन उपसमिति समेत गठन गरीएको सचिव आचार्यले बताए ।
साथै नगरपालीकामा रहेका पत्रकारहरुको तथ्याङक संकलन गरी पत्रकार महासंघको एशोसिएट शाखा निर्माण गर्नका लागि अध्यक्ष कुमार भट्टराई , उपाध्यक्ष रमेश समदर्शी , सचिव प्रेम आचार्य , कोषाध्यक्ष अमित खम्बु र सल्लाहाकार संयोजक दिपीन राईलाई जिम्मेवारी प्रदान दिईएको बताईएको छ ।