आज:  | Thu, 06, Aug, 2020
FLASH NEWS

मकालु टेलिभिजनका समाचार प्रमुख पौडेललाई ब्लड क्यान्सर


समृद्ध अनलाईन ८ फाल्गुन २०७६, बिहीबार १०:४९ मा प्रकाशित ( महिना अघि) १५१ पाठक संख्या

विराटनगर, फागुन ८ गते । पत्रकार कमल पौडेल ब्लड क्यान्सरबाट पिडीत भएका छन् । प्रदेश एकको राजधानी बिराटनगरबाट सञ्चालित मकालु टेलिभिजनका समाचार प्रमुख पौडेल ब्लड क्यान्सरबाट पीडित भएका हुुन् ।
जनआस्था साप्ताहिकबाट पत्रकारिता सुरु गरेका पत्रकार पौडेल नेपाल समाचारपत्र दैनिकमा वरिष्ठ सहसम्पादकका रुपमा लामो समय क्रियाशील थिए । अहिले उनको काठमाडौंस्थित सिभिल अस्पतालमा उपचार गराई रहेका पौडललाई भइरहेको छ ।सुनसरीको इटहरी नमुना कलेज र बिराटनगरका स्थानीय क्याम्पसहरुमा प्राध्यापन पनि गर्दै आएका पत्रकार पौडेललाई उपचारार्थ करिब ३० लाख रुपैयाँ लाग्ने अस्पताल प्रशासनले जनाएको छ । उनका पत्नी, दुई छोरा र एक छोरी छन् । यो कठिन परिस्थितिमा पत्रकार पौडेललाई सहयोग गर्न विद्यार्थी अभिभावक, पत्रकारहरु र अभियानकर्तालाई आग्रह गरिएको छ ।