आज:  | Thu, 06, Aug, 2020
FLASH NEWS

पूर्वाञ्चल दैनिकको रजत महोत्सवमा चारजना अग्रज पत्रकार पुरस्कृत हुँदै


समृद्ध अनलाईन १५ फाल्गुन २०७६, बिहीबार १५:०८ मा प्रकाशित ( महिना अघि) १८१ पाठक संख्या

अर्जुनधारा, फागुन १५ गते  ।  पूर्वबाट प्रकाशित हुँदै आएको पूर्वाञ्चल दैनिकले आफ्नो रजत महोत्सवमा चारजना अग्रज पत्रकारहरुलाई पुरस्कृत गर्दै छ । प्रकाशनको २५ वर्ष पुगेको सुखद अवसरमा रजत महोत्सवमा चारजनालाई तत्कालिन प्रधान सम्पादक मदन ढकालको सम्झनामा स्थापित ‘पूर्वाञ्चल दैनिक मदन ढकाल स्मृति पत्रकारिता पुरस्कार’ २०७५ बाट पुस्कृत गर्न लागेको हो ।
दैनिकका तत्कालिन प्रधान सम्पादक मदन ढकालको सम्झनामा स्थापित ‘पूर्वाञ्चल दैनिक मदन ढकाल स्मृति पत्रकारिता पुरस्कार’ २०७५ बाट मुलुककै पत्रकारितकाको क्षेत्रमा योगदान पुर्याउने अग्रज पत्रकार नकुल काजी र चन्द्र भण्डारी र ०७६ बाट चिन्तामणि दाहाल र लिला बराललाई नगद १५ हजारसहित सम्मान गरिने दैनिकका प्रधान सम्पादक एकराज गिरीले बताए ।
दैनिकले महोत्सवको अवसरमा पुस्तक लोकार्पण, पुरस्कार वितरण, सम्मान, फोटो प्रदर्शनी, व्यङ्ग्य चित्र प्रदर्शनी र सांस्कृतिक कार्यक्रमको आयोजना गरि महोत्सव तयारी गरी रहेको बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइएको हो । रजत महोत्सवमा पत्रकारिता विषयका विविध पक्ष समेटेर प्रकाशित “पूर्वाञ्चल” विशेषाङ्कको लोकार्पण गरिने बताइएको छ ।
मोफसलमै पहिलोपटक अफसेट प्रविधि भित्रयाउन सफल पूर्वाञ्चल दैनिकको रजत महोत्सव आगामी फाल्गुन १८ गते प्रदेश नं.१ का प्रमुख माननीय सोमनाथ अधिकारी “प्यासी” ले उद्घाटन गर्ने बताइएको छ ।