आज:  | Mon, 03, Aug, 2020
FLASH NEWS

पत्रकारिता सँगै मोडलिङमा रमाउँदै रमेश


समृद्ध अनलाईन ३ चैत्र २०७६, सोमबार १७:५३ मा प्रकाशित ( महिना अघि) ३८१ पाठक संख्या

 म्यूजिक भिडियो अटो रिक्सामा सार्वजनिक

अर्जुनधारा, चैत ३ गते । झापाका रमेश तिवारी पत्रकारिता सँगै मोडलिङमा रमाइरहेका छन् । मोफसलमा रहेर पत्रकारिता गरिरहेका तिवारी पछिल्लो समय विभिन्न म्यूजिक भिडियोमा मोडलिङ गरी पत्रकारिता र कलकारितालाई निरन्तरता दिइरहेका छन् ।
मोफसलकै चर्चित टेलिभिजन सूर्योदय टेलिभिजनका समाचार प्रमुख समेत रहेका तिवारी अभिनित म्यूजिक भिडियो अटो रिक्सामा सार्वजनिक गरिएको छ । सोमबार झापाको विर्तामोडमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो । सन्देशमूलक म्यूजिक भिडियो अटो रिक्सामा विदेशमा गएर केही वर्षको अल्पकालीन रोजगार होइन परिश्रम गरे स्वदेशमै दीर्घकालीन रुपमा स्वरोजगार बन्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्दै स्वदेश प्रतिको मोह तथा पीरतीको कुरा पनि दर्शाइएको छ ।


हलेसी टेड्र लिंकका प्रबन्धक चुडामणि पौडेलले रचना गरेको ‘अटो रिक्सामा’ नामक गितमा गायक सन्तोष शिवाको स्वर रहेको छ भने म्युजिक भिडियोमा टिका भण्डारीको संगित रहेको छ । बिर्तामोडका युवा ब्यवसायी पौडेलले दर्जनबढी गितको रचना गरिसकेका छन् । निर्माता पौडेलको रचनामा तयार पारिएको म्युजिक भिडियोको निर्देशन शंकर कोइरालाले गरेका छन् । भिडियोलाई झापा, काठमाडौँ र चितवनका विभिन्न भूगोलमा छायाङ्कन गरिएको छ ।


भिडियोमा मोडल बन्दना आचार्य (बेबो)ले तिवारीलाई साथ दिएकी छन भने मोडल तिवारीलाई अटो ड्राइभरको रुपमा देख्न सकिन्छ । तेह्रथुमको छातेढुङ्गामा जन्मिएका ताविरीले दुई दर्जनबढी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । हाल उनी बिर्तामोडमा बसोबास गर्दै छन् । उनि छ वर्षदेखि पत्रकारीता गर्दै अाएका छन् । हाल उनि झापाकाे  बिर्तामोडमा रहेकाे सुर्याेदय टेलिभिजनको समाचार प्रमुखको भुमीका निर्वाह गर्दै पत्रकारिता र कलाकारितालाई संगसंगै अगाडि बढाई रहेका छन् ।