आज:  | Thu, 06, Aug, 2020
FLASH NEWS

निर्माणाधीन माथिल्लो तामाकोसी आयोजना बाँध परीक्षण


समृद्ध अनलाईन ४ चैत्र २०७६, मंगलवार ०७:४२ मा प्रकाशित ( महिना अघि) ११२ पाठक संख्या

तस्विर: गोरखापत्र दैनिक

दोलखा, चैत ४ गते । दोलखामा निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बाँधको परीक्षण सुरु भएको छ । सोमबारबाट सुरु गरिएको परीक्षण न्यूनतम आठ दिनसम्म गर्नुपर्ने भए तापनि निरन्तर आगामी २२ गतेसम्म गरिने भएको हो ।
सुरुमा बाँधमा चार मिटर पानी जम्मा गरिने र क्रमशः दुई÷दुई मिटर प्रतिदिन पानी थप्दै लगिन आयोजनाले जनाएको छ । सोमबाररबाट सुरु गरीएको परिक्षणमा हरेक गेट बन्द गरेर बाँधमा पानी जम्छ कि जम्दैन परीक्षण गरिने बाँध, गेट र इन्टेक समेतका संरचनाले काम गरे नगरेको पनि थाहा हुने आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए । बाँधको परीक्षणपछि बालुवा थिग्य्राउने पोखरी (डिस्यान्डर)मा पानी भरेर परीक्षण गरिन्छ । आयोजनाको बाँधको दायाँतिरको भाग गत २०७२ वैशाखको भूकम्पले १७ इञ्च भासिएपछि अमेरिकाबाट विशेषज्ञ समेत झिकाएर अध्ययन गराइएको थियो । विशेषज्ञको सुझाव अनुसार बाँधमा ग्राउटिङ प्रविधि अपनाएर मर्मत गरिएको थियो ।
बाँधको ६० मिटर लम्बाइ र २२ मिटर उचाइ रहेको छ । बाँधको सतहमुनि सात मिटर र त्यसभन्दा माथि १५ मिटर उचाइ रहेको छ । ६० मिटर लम्बाइमा डिस्यान्डरमा जाने चारवटा गेट रहेका छन् भने नदीको पानी बाहिर पठाउन चारवटा गरी आठवटा गेट रहेका छन् । अहिले हेडरेस सुरुङको फिनिसिङको काम अन्तिम चरणमा रहेको छ ।
आयोजनाको समग्र प्रगति ९९.४ प्रतिशत पुगेको छ । दुईवटा ठाडो सुरुङमध्ये एउटा ३७३ मिटरको तल्लो ठाडो सुरुङको २६० मिटर पूरा भएको र तल्लोमा ११३ मिटर मात्र बाँकी रहेको बताईएको छ । अस्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोबाट पाइप जडान गरीरहेको छ । माथिल्लो खण्डको ३१० मिटरमध्ये १५५ मिटर पाइप जडान भएको छ भने १५५ मिटर नै बाँकी छ ।
आयोजनाको पावरहाउस, हेडवक्र्स, प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको छ । रामेछापको फुलासीमा निर्माणाधीन सबस्टेसनको सिभिल संरचनाको काम सम्पन्न गरी केही समयपछि उपकरण जडानको काम हुनेछ । आयोजनाले अहिलेसम्म ४८ अर्ब खर्च भुक्तानी गरेको बताइएको छ । पछिल्लो कार्यतालिका अनुसार आउँदो असार मसान्तसम्म पहिलो परीक्षण गरी ७६ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य आयोजनाको रहेको छ ।