आज:  | Mon, 03, Aug, 2020
FLASH NEWS

फेरि तिम्रो यादमा


समृद्ध अनलाईन २१ चैत्र २०७६, शुक्रबार २३:३० मा प्रकाशित ( महिना अघि) २८४ पाठक संख्या

-सन्तोष नेम्वाङ

फेरि आज तिम्रो यादमा
दिल खोलेर रुन पनि पाईन
छेउको तस्बिर सुमसुम्याएँ
तर तिम्रो मन छुन पनि सकिन ।।

धमिलो स्मृति बोकेर
डोर्याई रहेछु जीवन
सम्झना ताजै राख्नलाई
मनको तुवाँलो धुन पनि सकिन ।।

सबै भन्थे धेरै माया गरे
सातै जुनि साथ हुन्छन अरे
अरु त मलाई थाहा छैन
यो जुनि त साथै हुन पनि सकिन ।।

म पनि त मान्छे हुँ
सोचेको कहाँ पुग्छ र रु
तर पनि कहिले मन दुख्दा
तिम्रो काखमा रुन पनि सकिन ।।

(दिवंगत उनी प्रति समर्पित )

-नेम्वाङ झापाको अर्जुनधारा नगरपालिका वडा नं. ७ का जनप्रतिनिधि हुन् ।