आज:  | Thu, 06, Aug, 2020
FLASH NEWS

कोरोना संक्रमणः ८८ हजारले ज्यान गुमाए, १५ लाख बढी संक्रमित


समृद्ध अनलाईन २७ चैत्र २०७६, बिहीबार १५:१४ मा प्रकाशित ( महिना अघि) १६० पाठक संख्या

अर्जुनधारा, चैत्त २७ गते । विश्व स्वास्थ्य संगठनले महामारीको घोषणा गरेको कोरोनाभाइरसको संक्रमण विश्वका करिब १५ लाख व्यक्तिमा फैलिएको छ । बिहिबार बिहानसम्म १४ लाख ८४ हजार ८११ जनामा कोरोनाभाइरस संक्रमणको पुष्टि भएको हो ।
अमेरिकाको म्यारील्याण्डस्थित जोन हप्कीन्स विश्वविद्यालयका अनुसार अमेरिकामा मात्रै संक्रमित चार लाख ३२ हजार १३२ दत्र्ता गरिएको छ । अमेरिकामा पछिल्लो चौबिस घण्टामा कोरोनाभाइरस संक्रमित करिब दुई हजार बिरामीको मृत्यु भएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । अमेरिकामा मात्रै १४ हजार ७९५ मृत्यु भएको छ । विश्वभरि कोरोना संक्रमित मृतकको संख्या ८८ हजार ५३८ पुगेको विश्व स्वास्थ्य संगठनले जनााएको छ ।
स्पेनमा एक लाख ४८ हजार २ सय २०, इटालीमा एक लाख ३९ हजार ४ सय २२ जनामा संक्रमणको पुष्टि भएको छ भने जर्मनीमा एक लाख १३ हजार २ सय ९६ जना कोरोनाभाइरस संक्रमित छन् । फ्रान्समा ८३ हजार ८० जनामा संक्रमणको पुष्टि भएको छ । इरानमा ६४ हजार ५ सय ८६ जना र बेलायतमा ६१ हजार ४ सय ७४ जना संक्रमितको पुष्टि भएको छ ।
कोरोनोभाइरसको संक्रमणबाट मृत्यु हुनेमा सबैभन्दा बढी इटाली छन् । इटालीमा १७ हजार ६ सय ६९ जनाको मृत्यु भएको छ । स्पेनमा १४ हजार ७ सय ९२ जना संक्रमितको मृत्यु भएको छ । फ्रान्समा दशहजार ८ सय ६९ जना संक्रमितले ज्यान गुमाएका छन् । अमेरिकाको न्युर्योक शहरमा मात्रै मृतक चार हजार ५ सय ७१ जना पुगेको छ ।
विश्वभरि कोरोनाभाइरसका करिब तीन लाख २९ हजार ८७६ जना संक्रमित भने निको भएर घर फर्किसकेका छन् । निको हुने सबैभन्दा बढी चीनका छन् । चीनमा ७७ हजार ६३९ जना संक्रमित निको भएका छन् । स्पेनमा ४८ हजार २१ र जर्मनीमा ४६ हजार ३०० जना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् ।