आज:  | Tue, 27, Oct, 2020
FLASH NEWS

सूर्योदय क्विज सिजन ४ को उपाधी मोडल क्याम्पस दमकको पोल्टामा


समृद्ध अनलाईन २८ चैत्र २०७६, शुक्रबार २०:३५ मा प्रकाशित ( महिना अघि) १११ पाठक संख्या

वितौमोड, चैत २८ गते । सूर्योदय टेलिभिजनले आयोजना गरेको सूर्योदय क्विज सिजन ४ को उपाधी मोडल क्याम्पस दमकले जितेको छ । प्रदेश १ का एक सय भन्दा बढी कलेजहरुको सहभागिता रहेको प्रतियोगितामा मोडल क्याम्पस दमकले उपाधी हात पारेको हो ।
यस्तै प्रज्वल क्याम्पस गौरादह दोश्रो र दमक मोडल माध्यमिक विद्यालय तेश्रो भएका छन् भने सिता रमेश क्याम्पस बुद्दशान्ती र दमक बहुमुखी क्याम्पस दमकले सान्तवना हात पारेका छन् । प्रतियोगिताको उपाधी विजेता मोडल क्याम्पस दमकले नगद ५० हजार रुपँैया सहित कान्तिपुर सिटि कलेजबाट ४ लाख ५० हजार रुपैँया बराबरको छात्रावृत्ति प्राप्त गरेको छ । दोश्रो उपाधी विजेता प्रज्वल क्याम्पस गौरादहले २५ हजार र तेश्रो उपाधी विजेता दमक मोडल माध्यमिक विद्यालयले १५ हजार प्राप्त गरेका छन् । यस्तै सान्तवना पुरस्कार विजेता सिता रमेश बुद्दशान्ती र दमक बहुमुखी क्याम्पस दमकले ५÷५ हजार रुपैँया हात प्राप्त गरेका छन् ।

प्रतियोगिताको सिजन १ मा गोमेन्द्र मल्टिपल कलेज विर्तामोड, सिजन २ मा आस्था कलेज दमक र सिजन ३ मा विरेन्द्र नमुना क्याम्पस चन्द्रगढीले उपाधी जितेका थिए । विद्यार्थी लक्षित कार्यक्रम अन्र्तगत सूर्योदय एक्स्टेम्पर स्पिज कन्टेस्ट २०७७ जेष्ठबाट सञ्चालन हुने सूर्योदय टेलिभिजनका कार्यक्रम संयोजक देवी गौतमले जानकारी दिए । टेलिभिजनले आफ्नो स्थापनाकालबाटै क्विज प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।