आज:  | Mon, 03, Aug, 2020
FLASH NEWS

अटो ब्यवसायि मारमाः चिन्ता किस्ता कसरी तिर्ने ?


समृद्ध अनलाईन ८ बैशाख २०७७, सोमबार १३:५१ मा प्रकाशित ( महिना अघि) १७१ पाठक संख्या

सुष्मा तिखत्री
अर्जुनधारा, बैशाख ८ गते । यतिबेला झापामा रहेका अटो रिक्सा संचालकहरु चिन्तामा रहेका छन् । कोरोना संक्रमणको त्रासमा गत चैत ११ गते देखि निरन्तर सरकारले लागु गरेको लकडाउनका कारण दैनिक अटोरिक्सा चालाई जीविकोपार्जन गरि रहेका उनिहरु समस्यामा परेका हुन ।
लकडाउनका कारण दैनिक अटो रिक्सा चलाउन नपाउँदा बैंकको किस्ता कसरी तिर्ने र घर ब्यवाहार कसरी चलाउने भन्ने चिन्ताले सताएको अर्जुनधारा नगरपालिका वडा नं. १ का अटो चालक लोक बहादुर फुयालले बताए । लकडाउनका कारण आफुजस्ता सयौं अटो रिक्सा चालहरुको बिहान बलुका चल्हे बल्न छडेको उनले बताए । यसरी अटो चलाउन नपाउँदा रिण तिर्न के गरी भनेर चिन्ताले सताई रहेको अवस्थामा आफु जस्ता दैनिक ज्याला मजदुरी गरेर परिवार पालि रहेकालाई सरकारले हेर्नु पर्ने उनको भनाई छ । लकडाउनका कारण उनि जस्ता दैनिक ज्याला मजदुरी गरेर जीवन धानी रहेका परिवपरिवारमा दैनिक उपभोग्य सामानको अभाव संगै हातमुख जोर्न धौ धौ परि रहेको छ ।
त्यस्तै अर्जुनधारा कै अर्का अटो रिक्सा चालक हरि बस्नेतको पनि कथा उस्तै रहेको छ । उनि पनि दैनिक अटोरिक्सा चलाएर आफ्नो पारिवारलाई चलाई रहेका थिए । यतिबेला उनि परिवारलाइ कसरी पाल्ने र बैंकको रिण कसरी तिर्ने भन्ने चिन्तामा रहो छन । सरकारले अझै लकडाउनको समय थपे पछि घरमा चुलो कसरी बाल्ने तथा मासिक रुपमा तिर्दै आएको बैकको १३ हजार ५ सय रुपैया कसरी तिर्ने भन्ने कुराले मानसिक चिन्ताभएको उनि बताउँछन् ।
फुयाल र बस्नेत त दुई प्र्रतिनिधि मुलक पात्र मात्रै हुन । गरिव तथा विपन्न परिवार एकातिर कोरोना भईरस संक्रमणको त्रास त छदै छ अर्कातिर बिहानबेलुका खान तथा बैंकको रिण तिर्न समस्या भएका कारण भोलीका दिनमा परिवार कसरी चलाउने भन्ने चिन्तामा रहेका छन् । रिक्सा चलाएर गाउँमा भएको रिण तथा बैंकको रिण तिर्ने आसामा रहेका अटोचालकहरु यतिबेला के गरी रिणबाट मुक्तिपाउने भन्ने चिन्ताा रेका छन् । गाउँघरमा लिएको रिण तथा बैैकबाट किस्तामा लिएका अटोरिक्साको मासिक किस्ता करी तिर्ने भन्ने चिन्तामा रहेका छन् । विश्व कोरोना भाईरसको माहामारीमा परि रहेको अवस्थामा लकडाउनको प्रभाव गाउँगाउँमा परि रहेको भए पनि दैनिक ज्यालामजदुरी गर्नेको परिवारमा काम गर्न नपाउँदा भोकमरी पनि लाग्न सक्ने देखिन्छ ।