आज:  | Wed, 30, Sep, 2020
FLASH NEWS

कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नयाँ नक्सा सार्वजनिक


समृद्ध अनलाईन ७ जेष्ठ २०७७, बुधबार १५:०३ मा प्रकाशित ( महिना अघि) १०२ पाठक संख्या

काठमाडौँ, जेठ ७ गते । नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभाग समेटको नयाँ नक्सा सरकारले आज औपचारिक रुपमा सार्वजनिक गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री पद्यमा अर्यालले नक्सा सार्वजनिक गरेकी हुन् ।
यसअघि मन्त्रिपरिषद्को बैठकले नेपालका ती भूभाग समेट्ने गरी नयाँ नक्सा प्रकाशित गर्ने निर्णय गरेको थियो । नक्सा सार्वजनिक गर्दै मन्त्री अर्यालले यो सुनौलो अवसर पाएको पनि बताइन् । उनले नेपालको मान चित्र विश्वमा उँचो भएको बताइन् । नेपाल निर्माणको २५० वर्षमा धेरै अबरोह झेलेको बताउँदै उनले जस्तोसुकै अवरोध भए पनि नझुक्ने बताइन् । सिमाना स्पष्ट देखिने नक्सा सार्वजनिक गरेको उनको भनाइ छ। भारतसँग वार्ता र कूटनीतिक वार्ता गरिने बताउँदै उनले भारतले पनि यसलाइ स्वीकार्ने विश्वास गरिन । अन्तर्राष्ट्रिय मापदण्ड र कानुनबमोजिम नयाँ नक्सा बनेको दाबी गर्दै अब सबै ठाउँमा नयाँ नक्सा प्रयो गर्न समेत उनले निर्देशन पनि दिइन् ।
नेपालको कुल क्षेत्रफलमा ३ सय १० बर्ग किलोमिटर छुटाइदै आएकोमा सो समेत समावेश गरी १ लाख ४७ हजार ४ सय ९१ बर्ग किलोमिटर भएको छ । वि सं २०३२ सालमा भएको नक्सा संसोधन गर्दा सो क्षेत्र नक्सामा छुटाइए पछि अन्यौल उत्पन्न भएको थियो । पछिल्लो कालखण्डमा सो जमिन भारतले दावी गरेर विवाद भएपछि नेपालले अग्रसरता लिएर नेपालको मानचित्र संसोधन गरेको हो । यो क्षेत्र नेपालको दार्चुला जिल्ला अन्तर्गत पर्छ।