आज:  | Thu, 06, Aug, 2020
FLASH NEWS

कोरोना भाइरस संक्रमित बिरामीको उपचारका लागि मलेरियाको औषधि प्रयोग गर्न अनुमति


समृद्ध अनलाईन ८ जेष्ठ २०७७, बिहीबार १३:१६ मा प्रकाशित ( महिना अघि) १२७ पाठक संख्या

एजेन्सि
अजुनधारा, जेठ ८ गते । ब्राजिल सरकारले कोरोना भाइरस संक्रमित बिरामीको उपचारका लागि मलेरियाको औषधि प्रयोग गर्न अनुमति दिएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले क्लोरोक्विन र हाइड्रोक्सिक्लोरोक्विन औषधि कोरोनाका विरामीलाई प्रयोग गर्न अनुमति दिएको हो ।
अहिलेसम्म यी औषधि कोरोना संक्रमितको उपचारमा प्रभावी हुन्छन् भन्ने प्रमाणित नभएको भए पनि कारोना विराीलाई प्रयोग गर्न अनुमति दिएको हो । गत मार्च मेमा ब्राजिलका राष्ट्रपति जेर बोलसोनारोले सामाजिक सन्जालमार्फत् हाइड्रोक्सिक्लोरोक्विन कोरोना संक्रमितको उपचारमा निकै प्रभावी रहेको अभिव्यक्ति दिएका थिए । यद्यपि गलत कुरा पोष्ट गरेको भन्दै फेसबुक र ट्वीटरले राष्ट्रपति बोलसोनारोको पोष्ट डिलिट गरिदिएका थिए । गत सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि कोरोना संक्रमणबाट जोगिन आफूले हाइड्रोक्सिक्लोरोक्विन औषधि सेवन गरिरहेको बताएका थिए । ब्राजिल कोरोनाबाट सबैभन्दा धेरै प्रभावित देशहरुको सूचीमा तेस्रो स्थानमा छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार ब्राजिलमा २ लाख ९३ हजार ३ सय ५७ जना संक्रमित छन् भने मृतकको संख्या १८ हजार ८ सय ९४ पुगेको छ।