आज:  | Wed, 30, Sep, 2020
FLASH NEWS

अव अनलाइनले पनि लोक कल्याणकारी विज्ञापन पाउने


समृद्ध अनलाईन १५ जेष्ठ २०७७, बिहीबार २०:०४ मा प्रकाशित ( महिना अघि) १२४ पाठक संख्या

काठमाडौ‍ँ, जेठ १५ गते । सरकारले अगामी वर्षसम्म फाइबर टु होमबाट सबै स्थानमा इन्टरनेट पुर्याउने र आगामी वर्ष देशभरी फोर जी सेवा पुर्याइने बताइएको छ । सबै प्रदेशमा सञ्चारग्राम र नेपाल टेलिभिजनलाई अन्तराष्ट्रिय स्तरमा पुर्याउने अर्थमन्त्री खतिवडाले बजेटमा सार्वजनिक गरेका हुन् ।
उनले पत्रकार बिमालाई निरन्तरता दिने बताउँदै अनलाइनबाट समेत लोककल्याणकारी विज्ञापन प्रकाशन तथा प्रसारण गरिने भएको छ । प्रत्येक प्रदेशमा चलचित्र छायाङ्कन गर्ने र चलचित्र विकास बोर्डलाई भवन निर्माणका लागि रकमको व्यवस्था गरिएको उनले बजेट भाषणमा उल्लेख गरेका छन् ।

गोरखापत्र अनलाइनबाट