आज:  | Thu, 06, Aug, 2020
FLASH NEWS

भारतको आसाम राज्यमा पहिरो , २० जनाकोको मृत्यु


समृद्ध अनलाईन २१ जेष्ठ २०७७, बुधबार ११:५० मा प्रकाशित ( महिना अघि) ९१ पाठक संख्या

एजेन्सि,
विगत केही दिनदेखि परेको अविरल वर्षापछि गएको पहिरोमा परी २० जनाको मृत्यु भएको छ । आसामको चचार, हैलाकाँडी, करिमगञ्जलगायतका जिल्लामा पहिरो गएपछि पहिरोमा परि २० जनाको ज्यान गएको हो ।
भारतको उत्तरपूर्वी राज्य आसाम राज्यमा पहिरो गएको राज्य सरकारका अधिकारीहरूले मङ्गलबार जानकारी गराएका हुन् ।
पहिरोमा परि चचारमा सात, हैलाकाँडी सात र करिमगञ्जमा छ जनाको मृत्यु भएको राज्य सरकारका अधिकारीहरूले मङ्गलबार जानकारी गराएका हुन् । मृत्यु हुनेमा एकै परिवारका धेरै सदस्यहरू पनि रहेका बताइएको छ ।
चचारका जिल्ला विपद व्यवस्थापन कार्यालयका आयोजना प्रमुख शमिम लश्करले चारमा मङ्गलबार पहिरो जाँदा सात व्यक्तिको मृत्यु भएको छ भने केही घाइते भएका बताएका छन् । चचारमा मृत्यु भएकामध्ये छ जनाको मृत शरीरलाई पहिरोबाट बाहिर निकालिएको छ भने सातौँ व्यक्तिको खोजी भइरहेको उनको भनाई छ । हैलाकाँडीमा पनि पहिरोमा परी सात व्यक्तिको मृत्यु भएको र पाँच जना घाइते भएको जिल्लाकाा उच्च अधिकारीले पुष्टि गरेका छन् ।
भारतीय प्रहरीका अतिरिक्त उप–आयुक्त इएल फाइरहेमले हैलाकाँडीको अल्गापुर क्षेत्रमा गएको पहिरोमा परी सात व्यक्तिको मृत्यु भएको छ भने पाँच जना घाइते भएको सञ्चारमाध्ययमसंग बताएका छन् । घाइते पाँचै जनालाई स्थानीय अस्पतालमा पुर्याइएकोमा दुई जनालाई सामान्य उपचारपछि घर पठाइएको छ भने तीन जनाको अस्पतालमा भर्ना गरी उपचार सेवा भइरहेको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार करिमगञ्जमा कम्तीमा छ व्यक्तिको मृत्यु भएको र अन्य १० जना घाइते भएका छन् ।