आज:  | Wed, 25, Nov, 2020
FLASH NEWS

शुक्रबार थप २७८ सङ्क्रमित, कुल सङ्ख्या २ हजार ९ सय १२ पुग्यो


समृद्ध अनलाईन २३ जेष्ठ २०७७, शुक्रबार १७:०८ मा प्रकाशित ( महिना अघि) १४२ पाठक संख्या

काठमाडौं, जेठ २३ गते । शुक्रबार २७८ कोरोना भाइरसको सङ्क्रमण थपिएको छ । योसँगै पीसीआर विधिबाट गरिएको कुल परीक्षणबाट दुईहजार ९ सय १२ जनालाई संक्रमण पुष्टि भएको छ ।
सुनसरी ८, झापा १, मोरङ ६, अर्खाखाँची १, नवलपरासी २ पाल्पा १, रुपन्देही १८, सिन्धुली ३, बारा २, तनुहँ २, भोजपुर ५, झापा १, सुनसरी १३, कैलाली ४, अछाम १, बझाङ १, डडलेधुरा ५, रामेछाप १७, काभ्रे ५, झापा १०, दैलख ९०, जुम्ला ३, जुम्लामा कार्यरत हुम्ला, दोलखा, रामेछाप र गोरखा स्थायी ठेगाना भएका एकएकजनालाई सङ्क्रमण देखिएको छ । सुर्खेत १, दाङ १, बारा १, धनुषा ४, कपिलबस्तु ४४, महोत्तरी १७ र रौतहटका ६ जनालाई सङ्क्रमण पुष्टि भएको छ ।

हाल सम्म ६८ जिल्लामा सङ्क्रमण भएको छ भने डिस्चार्ज हुनेको संख्या ३३३ जना पुगेको छ ।
काठमाडौंका निजी अस्पतालमा उपचारमा रहेका गुल्मी र कास्की स्थायी ठेगाना भएका एकएकजना पुरुषलाई समेत कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल जनाएको छ ।