आज:  | Thu, 06, Aug, 2020
FLASH NEWS

प्रदेश एक नीति कार्यक्रम : किसानलाई ४५ करोडको प्याकेज, जिल्ला अस्पतालको स्तरोन्नती


समृद्ध अनलाईन २३ जेष्ठ २०७७, शुक्रबार १९:४४ मा प्रकाशित ( महिना अघि) १०६ पाठक संख्या

विराटनगर, जेठ २३ गते । प्रदेश नम्बर एक सरकारले कोरोनाबाट प्रभावित किसानहरुलाई राहत प्याकेज घोसणा गरेको छ । महामारी बाट किसानलाई परेको नोक्सानी सम्बोधन गर्न राहत प्याकेज र वैदेशिक रोजगारी गुमाएर स्वदेश फर्कने युवाका लागि स्वरोजगारमुलक कार्यक्रम संचालन गर्ने प्रदेश १ सकारले घोषणा गरेको छ ।

सरकारको प्राथमिकतामा स्वास्थ्य र कृषि पहिलो रहेको बताउदै प्रदेश एकका प्रदेश प्रमुखले शुक्रबार नीति तथा कार्यक्रममा पेस गरेका थिए । आर्थिक बर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अधिकारीले किसानका लागि रु. ४५ करोड राहत प्याकेज घोषणा गरेका हुन ।

कोभिड १९ कारण विश्वका विभिन्न भागबाट रोजागरी गुमाई प्रदेशका फर्कने युवाका लागि स्वरोजगारमुलक परियोजना संचालन गर्नेसमेत सरकारले तयारी गरेको छ । रुचिअनुसार कार्यक्रम तर्जुमा गर्न प्रदेश योजना आयोगबाट अनलाइन फारम आह्वान गरिने छ ।

“वैदेशिक रोजगारी गुमेका र यहींका बेरोजगारलाई कृषि कर्मको लागि तथा अनुभवयुक्त मानव पूँजी र आत्मविश्वासलाई पुर्नताजगी गर्न स्थानीय तह, सहकारी, निजी क्षेत्र र स्वीस विकास कोरोना पुर्नउत्थान कोषमार्फत समेटिने छ,” प्रदेश प्रमुख प्यासीले भने,“मुख्यमन्त्री युवा उद्यमशीलता कार्यक्रम र मेरो कृषि मेरो पौरख कार्यान्वयन गर्दै रोजगारीका लागि थप अवसर खोलिने छ । प्राकृतिक स्रोतको सम्भाव्यता हेरी एक जिल्ला एक उद्योग खोल्न अध्ययन र कार्यान्वयनमा दोहोरोपना आउन नदिन सार्वजनिक निजी साझेदारी प्रक्रिया अघि बढाइने छ ।”

जिल्ला अस्पताललाई १०० शैयामा स्तरोन्नती

नीति तथा कार्यक्रममा प्रदेश सरकारले प्रदेश भित्रका जिल्ला अस्पतालहरुको स्तरोन्नती गर्ने भएको छ । अधिकारिका अनुसार जिल्ला अस्पतालहरुलाई आइसोलेन वार्ड सहित १०० शैय्याको क्षमतामा स्तरोन्नती गरिनेछ । आवश्यक पूर्वाधार भएका जिल्ला अस्पतालमा कम्तिमा चार वटा भेन्टिलेटर सहित आवश्यक चिकित्सक सहित जनशक्तिको ब्यवस्था मिलाइने भएको हो ।

त्यसै गरि कोशी अस्पताललाई प्रदेश मातहत ल्याउन पहल थालिनेछ र स्तरोन्नतिको कार्य शुरु गरिने सरकारको नीति रहेको छ । मेची अस्पताललाई कम्तिमा ६ वटा भेन्टिलेटर सहित स्तरोन्नति गरिनेछ ।

सबै अस्पताल तथा आयुर्वेद संस्थाहरुमा न्यूनतम सेवा मापदण्ड निर्धारण र कार्यान्वयन गर्दै आयुर्वेद, प्राकृतिक चिकित्सा तथा होमियोप्याथी सेवाको समेत सेवा विस्तार गर्दै लगिनेछ। धनकुटामा जिल्ला अस्पताललाई ६ वटा भेन्टिलेटर सहित बहु बिशिष्टिकृत प्रादेशिक शिक्षण अस्पतालको रूपमा स्तरोन्नति गर्दै लगिनेछ। स्थानीय तहका प्राथमिक स्वास्थ्य केन्द्रहरुको स्तरोन्नतीमा सहकार्य गरिनेछ ।