काठमाडौँ, जेठ २३ गते । युएइबाट १६८ जना नेपाली नागरिकलाई फिता ल्याइएको छ । युएईको सारजहाँ एयरपोर्टबाट १६८ जना नेपाली नागरिक लिएर उडेको एयर अरेबियाको जहाजमार्फत १६८ नेपाली लाइ स्वदेश ल्याईएको हो।
त्रिभुवन विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले विमान ५ः३८ ल्याण्ड गरेको थियो । यसअघि अन्तिम समयमा भाडाको विषयमा कुरा उठेपछि जहाजको उडान बिहान स्थगित भएको थियो । सो विमानमा एक शव पनि रहेको विमानस्थलका अधिकारीहरूले बताएका छन् ।
युएइबाट नेपाल भित्रने नेपाली नागरिकलाई विमानस्थलमै प्रदेश स्तरमा बाँडफाँड गरी नेपाली सेनाको टोलीले होल्डिङ सेन्टर पुर्याउने बताइएको छ ।
यसअघि म्यानमारबाट २६ जना नेपाली नागरिक आज नेपाल फर्केका थिए । तेस्रो मुलुकबाट नेपाली नागरिक स्वदेश फर्काउने अभियान अनुसार नेपाली स्वदेश फर्केका हुन् ।
तस्विर गोरखापत्र अनलाइन