आज:  | Mon, 26, Oct, 2020
FLASH NEWS

निर्मम याद


समृद्ध अनलाईन ७ असार २०७७, आईतवार ०८:४६ मा प्रकाशित ( महिना अघि) १३७ पाठक संख्या

कुम्भराज राई

नाँगाे पिँडुलामा

बर्साएझैँ झ्याम कि झ्याम

सिस्नुपानी

चिरिएको आलो घाउमा

लगाएझैँ नुनचुक

खुर्सानी

आईदिन्छ तिम्रो याद

यति निर्मम

कि चोइटिएको आफ्नै

मुटुको टुक्राहरु

बटुल्दै म बाँचिरहेको छु

पोल्छ भत्भति

कि गरिरहेको छु मैले

आत्मदाह

कस्छ टनटनी

कि मैले बाँधीरहेको छु

घाँटीमा पासो

आइदिन्छ तिम्रो याद

यति निर्मम

कोभिड १९ ले

ध्वस्त पारेर पनि फोक्सो

फेरिहेकोछु सास

यति निर्मम बनेर

ितम्रो यादले

कहाँ र कहिलेदेखि

पछ्याउन थाल्यो

ठाउँ र मिति यकिन थाहा छैन

सम्झिल्याउँदा

निकै अघिअघि

तिम्रो याद

बनेको थियो

घाउमा मल्हम

चर्को घाममा

चिसो शितल

दमको रोगीलाई

अक्सिजन

तर

जब तिम्ले पार गर्यौ नदी

म वारी नै रहेँ किनारामा

जब तिम्ले उक्लियौ सिँढि

म सरिरहेँ बामे

जब दुई विपरित ध्रुव झैँ

बन्यो हाम्रो गन्तव्य

हो त्यहीँदेखि होला

तिम्रो याद

यति निर्मम बनेर

पछ्याइरहेछ

लाग्छ

कहिलेकाँही त

करार गरिदिउँ अपराधी

उभ्याईदिउँ कठघरामा

तोकिदिउँ दुइसयवर्षको

जेलसजाय

र बनिदिउँ जेलर

त्यही तिम्रो याद कैद

कारागारको

-राई कान्तिपुर दैनिकका पत्रकार हुन ।

एउटा कविता वाचन गरेर पोष्ट गर्ने दुस्साहस गरेको छु । यो सम्पादन गर्न बाँकी कविता हो । सल्लाह सुझाव दिनुहोला । निकै झुर…

Posted by Rai Kumbha on Sunday, June 14, 2020