आज:  | Wed, 25, Nov, 2020
FLASH NEWS

आज पनि भारी वर्षा हुने, प्रदेश १ को चुरे र तराईबाट बहने स-साना नदीमा बाढीको खतरा


समृद्ध अनलाईन ५ श्रावण २०७७, सोमबार ०८:२५ मा प्रकाशित ( महिना अघि) १०८ पाठक संख्या

अर्जुनधारा, साउन ५ गते । मनसुन निकै सक्रिय बनेका कारण केही दिनदेखि देशभर अविरल वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाले आइतबार नै लगातार पाँच दिनसम्म पानी पर्ने र बाढी तथा पहिरोको जोखिम हुने जानकारी दिइरहेको छ। सोमबार पनि देशभरको मौसममा पूर्ण बदली रहनेछ । महाशाखाका अनुसार धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने र प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका केही स्थानहरुमा साथै सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । राती पनि मौसम बदली यथावत् रहने र सबै प्रदेशका केही स्थानमा भारी वर्षा हुने महाशाखाले जानकारी दिएको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, नारायणी, कर्णाली र महाकाली नदीमा उल्लेख्य बढ्ने तथा कोशीका केही सहायक बहाव सतर्कता आसपास हुने अनुमान गरिएको छ। कन्काई, कमला, बागमती, तिनाउ, पश्चिम राप्ती, तिनाउका केही सहायक नदीमा आकस्मिक बहाव खतरा आसपास पुग्ने र प्रदेश नम्बर १ को चुरे र तराईबाट बहने स(साना नदीमा बाढी खतराको तह आसपास रहने पूर्वानुमान गरिएको छ ।