आज:  | Thu, 06, Aug, 2020
FLASH NEWS

अर्जुनधारा १ को दुग्ध चिस्यान केन्द्रमा दुध संकलन सुरु


समृद्ध अनलाईन १० श्रावण २०७७, शनिबार १२:५२ मा प्रकाशित ( हफ्ता अघि) १७० पाठक संख्या

प्रतिलिटर ४० देखि ६८ रुपैँया दुधको मुल्य पाउँदा किसान हौसिए

अर्जुनधारा, साउन १० गते । अर्जुनधारा नगरपालिका वडा नं. १ को पुतलीचोकमा दुग्ध चिस्यान केन्द्र स्थापना भएको छ । अर्जुनधारा नगरपालिका , अर्जुनधारा नगरपालिका वडा नं. १ र हेफर ईन्टरनेशनल, नेपालको साझेदारीमा स्वाबलम्बि दुध संकलन केन्द्र स्थापना भइको हो ।
हाम्रो स्वाबलम्बि सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले संचालन गरेको दुध संकलन केन्द्रमा केन्द्र स्थापना भए कै दिन १०० लिटर बढी दुध संकलन भएको थियो । हिजोका दिनमा घरमा दुहुना पालेर पनि दुध बेच्न नपाएका पशुपालक किसानहरु चिस्यान केन्द्र स्थापना भए संगै खुसी भएका छन् । गाई भैंसी पालेर दुध बेच्न नपाएका कृषकहरुलाई चिस्यान केन्द्र स्थापना संगै राहात भएको हाम्रो स्वाबलम्बि सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडका सदस्य विजया लक्ष्मी फँुयलले बताईन् ।


घरमा दुध दिने गाई भैसी पालेर पनि दुध बेच्न नपाउँदा घरमै खाएर सकिने गरेको अवस्था आफ्नै टोलमा दुध चिस्यान केन्द्र स्थापना भएकोमा आफुहरु खसी भएको पशपालक कृषक खेमकुमारी कार्कीले बताईन् । आफ्नै गाउँमा दुध चिस्यान केन्द्र संचालन भए पछि दुध बेचेर घरब्यवाहार चलाउन सहज हुने उनको भनाई छ ।
शनिबार देखि संचालनमा आएको चिस्यान केन्द्रमा कृषकहरुले ल्याएको दुधको मुल्य दुधमा भएको फ्याटको मात्रा अनुसार प्रतिलिटर ३९ रुपैंया देखि ६८ रुपैँया सम्म रहेको छ । सहकारीले संचालन गरेको चिस्यान केन्द्रमा संकलन भएको दुध अर्जुनधारा नगरपालिका वडा नं. ८ मा रहेको पुर्वार्ध डेरीले खरिद गर्ने बताईएको छ ।