आज:  | Thu, 06, Aug, 2020
FLASH NEWS

विप्लव समुहका गाउँ सरकार प्रमुख द्धारा पार्टी परित्यागको घोषणा


समृद्ध अनलाईन १२ श्रावण २०७७, सोमबार १८:४५ मा प्रकाशित ( हफ्ता अघि) ७७ पाठक संख्या

ओखलढुंगा, साउन १२ गते । ओखलढुंगाको सुनकोशी गाउँपालिकामा नेकपा विप्लव समुहका गाउँ सरकार प्रमुखले पार्टी परित्याग गरेको घोषण गरेका छन् । साउन १२ गते जिल्ला प्रशासन कार्यालय ओखलढुंगामा एक पत्र वुझाउँदै उनले पार्टी परित्याग गरेको घोषण गरेका हुन् ।
जिल्लाको सुनकोशी गाउँपालिका वडा नं. ५ मुलखर्कका हर्कबहादुर तामाङले जिल्ला प्रशासन कार्यालयमा आफु विगत ४ वर्ष देखि नेकपा विप्लव समुहको गाउँ सरकार प्रमुखको जिम्मेवारी निर्वाह गर्दै आएको र हाल सम्म पार्टीको कुनै गतिविधिमा संलग्न समेत नरहेको तथा आउँदा दिनमा उक्त पार्टीको कुनै पनि कार्यमा संलग्न नरहने अवगत गराउँदै आउँदा दिनमा पार्टीका कुनै पनि कार्यामा संलग्न नहुने गरि पार्टी परित्याग गरेको बताएका छन् ।
ओखलढुंगामा गत वर्ष नै जिल्ला सरकार प्रमुख रहेका वोजबहादुर खत्रिले पार्टी पत्यिाग गरेको घोषण गरेका थिए । जिल्लामा विप्लव समुहको तर्फबाट हाल सम्म कुनै पनि अप्रिय घटना भने घटेका छैनन् ।