आज:  | Thu, 06, Aug, 2020
FLASH NEWS

नेकपा भित्रको भाँड भैलो


समृद्ध अनलाईन १२ श्रावण २०७७, सोमबार २२:०६ मा प्रकाशित ( हफ्ता अघि) ५१७ पाठक संख्या

गाईजात्रे झटारो

–अम्विका प्रसाद भट्टराई

कहिले र कतै नभएको नेपाली राजनैतिक गाईजात्रा काठमाण्डौको वालुवाटारमा अपार असफलताका साथ २५ औँ हप्तामा भव्य प्रदर्शन भइरहेको छ । अत्यन्त रोचक विषयवस्तुको छनौट अर्थात आफ्नै दलको पुर्ण बहुमत प्राप्त स्थायी सरकार ढाली आफुहरु सत्तारोहण गर्ने र उक्त उद्देश्य पुरा गर्न विश्व रंगमञ्च सामु गरिएको महासंग्रामले त यस नाटकलाई झनै सुन्दर र रोचक बनाएको छ ।
यस गाईजात्रा नाटकका सर्वोत्किृष्ट नायक नेकपाका वरिष्ठ अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री के.पी शर्मा वली (प्रल्हाद), वरिष्ठ खलनायक – नेकपाकै सह–अध्यक्ष तथा भुपु प्रधानमन्त्री पुष्पकमल दाहाल (कश्यपु), वरिष्ठ उप–नायक कार्यदल संयोजक तथा भुपु प्रधानमन्त्री झलनाथ खनाल, वरिष्ठ सह–नायक कोठेब्युरोकेसी सभापति तथा भुपु प्रधानमन्त्री माधव कुमार नेपाल र नेकपाका वरिष्ठ उपाध्यक्ष तथा पार्टी भाँडभैलो समितिका महानायक हारदेव गौतम समेत जम्मा ५ जना भिआइपी महोदयहरु र विशिष्ठ आसेपासे गाईजात्रा तमासे प्रतिनिधी साक्षिहरु–पोखे्रल–ज्ञवाली, पुन–प्रभाकर, श्रेष्ठ–बादल लगायत ११ जनाको प्रत्यक्ष–परोक्ष प्रस्तुती र तमासाले अन्तराष्ट्रिय जगत समेत चकित भएको छ ।
आफ्नै दलको पुर्ण वहुमत, अझ भनौँ २ तिहाईको सरकारको उचित नेतृत्व र दुष्ट छिमेकी विस्तारवादी राष्ट्र भारतको हेपाहा र तानाशाही प्रवृति विरुद्ध औँला ठड्याएर–खबरदार ! राष्ट्र ठुलो–सानो, धनी–गरीब हुन सक्छ तर राष्ट्रियता समान हुन्छ । धन र शक्तिको घमण्डले होईन वुद्धी, ज्ञान र सत्यले काम गर्नु पर्दछ । संसारमा आजसम्म असत्यको विजय भएको छैन । ’सत्यमेव जयते’ भन्दै नेपालको नयाँ नक्सा समेत जारी गरि “हटाउ सेना र ब्यारेक, छोड– धुरा,लिपुलेक, कालापानी । सिमा आतंक बन्द गर । श्रीरामको जन्म सक्कली अयोध्यापुरि, ठोरी–नेपाल हो । भारतको राम र अयोध्या नक्कली नै हो । गौतम वुद्ध नेपालको लुम्बिनीमा जन्मेका हुन ।” होशियार भारत भन्दै विश्वसामु गर्जिरहेका नेकपा सरकारको नेतृत्वकर्ता वर्तमान प्रधानमन्त्री केपी शर्मा वली ज्यू को तत्काल राजीनामा माग्ने, ‘भारत भनेको हामी नैै हौँ । भारतले होईन हामीले मागेको हो तपाँइको दुवै पदबाट राजीनामा’ भन्ने तपाइ सनकी हिरोहरु भारतीय दलाल नभएर के हो त ?राजीनामाको विकल्प अरु केही थिएन? तत्कालिन परिस्थितिमा वलीको राजीनामा–नेपाल र नेपालीको पराजय र दुष्ट भारतको विजय होईन र ? दुश्मनको आक्रमणमा घर–परिवार एकजुट भएर शत्रु सामना गर्नु पर्ने होइन? घरभित्रको झगडा त भोलि पनि सबै बसेर मिलाउन सकिन्छ नि ।
भारतलाई नेपालबाट घोक्रेठ्याक लाएपछि नेकपाको विधि–प्रक्रिया नमानी एकलौटी पार्टी र सरकार हल्लाउने अध्यक्ष तथा प्रधानमन्त्रीलाई पार्टीले कसुर अनुसार हदै सम्म कार्वाही गर्न सक्दैन थियो र ? कि पार्टी सित कार्वाही गर्ने अधिकार र आँट छैन? खै त, तपाँइहरुबिच त्यस्तो सद्वुद्धी पलाएको ?एकाएक राजिनामा?
यता नेकपाका वरिष्ठ अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री वली जी पनि उहि ड्याङको तरुल त होइसिन्छ नि । आफ्नै पार्टीको विधि र प्रक्रिया नमान्ने हजुर कसरी नेकपाको अध्यक्ष बन्न सक्नुहुन्छ ? हजुरले पार्टीको विधि र प्रक्रिया अनुसार काम गर्नु पर्दैन? अरुलाई निती प्रधान भन्ने, अनि आफँु चाहि नेता प्रधान बन्ने?अध्यक्ष भनेको पार्टीको पुच्छर मात्र हो । हाल हजुर–पुच्छरले सिंगो पार्टी र सरकार जवरजस्त हल्लाउन प्रयत्न गरिरहनु भएको छ । यहि हो हजुरको कमजोरी र घमण्ड । विधि र प्रक्रिया मिचिएपछि त्यहाँ झगडा सुरु हुन्छ । यहाँ हजुर पुच्छरले होइन, पार्टीको विधि र प्रक्रियाबाट सरकार र पार्टी संचालन गर्नु पर्दछ । सामुहिक नेतृत्व वैज्ञानिक र सफल प्रक्रिया हो । एकल नेतृत्व निरंकुश र असफल हुने हुँदा आज हजुर यो स्थितीमा आईपुग्नु भएको हो । त्यसैले आफ्नो कमजोरी सच्याएर पार्टी र सरकारको विधि, प्रक्रिया अवलम्बन गर्नुस, हजुर ५ वर्षे प्रधानमन्त्री नै हो ।
पार्टीको विधि र प्रक्रिया मान्दा हजुरले आफ्नो पराजय ठानेर पार्टी फुटाउन सुटुक्क एमाले दल दर्ता गर्न लगाउनु भएको हो ? ‘मेरो शासन ठिक नलागे पार्टी फुटाएर जाउ÷आउ’ भनेर आफुखुशी संसद अन्त्य गरि रातारात अध्यादेश ल्याउनु कति सम्म जायज हो अध्यक्ष ज्यु? संसद अपहरण कार्यको प्रायाश्चित के हुन सक्ला? बागडोर हातमा छ भनेर जे पनि गर्न तयार हुन मिल्छ? “पार्टी एकता नेकपाको ठूलो सफलता” पार्टी एकता २ वर्षका लागि मात्र कि घटिमा २ सय वर्षका लागि महोदय ??
प्रधानसेनापति र प्रधानन्यायाधिस सहित राष्ट्रपतिको कार्यालयमा हप्ताको वारपार पटकौ–पटक पुग्नुको उद्धे्श्य के थियो?संसद विघटन, पार्टी एकता विघटन वा गणतन्त्र विघटन र सैनिक शासन गठन?
विश्व महामारी कोरोना भाइरस (कोभिड १९) ले मुलुक माथि नै आक्रमण गरिरहेको वर्तमान अवस्थामा तपाँइ शिर्षस्थ नेताहरुको पद,सत्ता र कुर्सीको गाइजात्रे प्रदर्शनले नेपाल र नेपालीको शिर निहुरिएको छ । प्रतिपक्षि दलहरु रमाईरहेका छन । कार्यकर्ताहरु अलमलमा परेका छन् । आम जनताहरु अविश्वास र पश्चाताप गरिरहेका छन् । नेपकाको मुलुक निर्माण गर्ने सपना विपना तिर उन्मुख हुँदै गएको छ । एउटा युगीन अवसर गुम्न सक्ने प्राय निश्चित छ । स्थायी सरकारको औचित्य नै समाप्त हुन सक्ने खतरा बढेको छ । यस प्रकार स्वार्थ खातिर उल्लेख सम्पुर्ण कुराहरु ग्ुामाउन र पार्टी एकता भंग गर्न समेत तयार हुनुभएको कारण तपाँइहरुले प्रशस्त आत्मालोचना सहित अन्तिम पटक आगामी स्थायी कमिटिको बैठकमा क्षमायाचना गर्दै अब आइन्दा पार्टीको विधि, प्रक्रिया र निर्णयानुसार मात्र कामकाज गर्ने–गराउने छौ भनि लिखित कबुलियतनामा गरि पार्टी र सरकारलाई निर्वाध रुपमा अघि बढाउनु हुन अनुरोध छ ।

धन्यवाद ।