आज:  | Thu, 06, Aug, 2020
FLASH NEWS

बिरिङ र टाङटिङ खोला उत्खननको प्रारम्भिक वातावरणीय परीक्षण (आइइइ) सार्वजानिक


समृद्ध अनलाईन १३ श्रावण २०७७, मंगलवार २०:५४ मा प्रकाशित ( हफ्ता अघि) ४१ पाठक संख्या

अर्जुनधारा, साउन १३ गते । अर्जुनधारा नगरपालिकाले नगर क्षेत्र भएर बग्ने बिरिङ, टाङटिङ, खोला उत्खननको विषयमा प्रारम्भिक वातावरणीय परीक्षण (आइइइ) गरेर नदीजन्य सामग्री उत्खनन प्रक्रिया शुरु गरेको छ । आर्थिक बर्ष ०७७र०७८ को लागि नदीजन्य सामग्री उत्खनन, संकलन र निकासी ठेक्काको प्रक्रिया लागि नगरपालिकाले प्रारम्भिक वातावरणीय परीक्षण (आइइइ) नगरपालिकाले मंगलबार सार्वजानिक गरेको हो ।
नगर क्षेत्र भएर बग्ने दुई खोलाका नदिजन्य सामग्रीको उपयोग गरेर राजश्व संकलन गर्ने योजनामा रहेको नगरपालिकाले यो वर्ष प्रारम्भिक वातावरणीय परीक्षण (आइइइ) गरि खोला उत्खनन्को प्रकृया सुरु गरेको छ । खोला उत्खननका लागि भुगर्भविद यदुनाथ तिम्सिनाले नगरपालिकालाई वर्षेनी खोलाले ल्याएको नदी जन्य सामग्री मात्र उत्खननका लागि सुझाव दिएका छन् ।

उनले वर्षेनी खोलामा जताभावी उत्खनन गर्दा खोलाले धार परिवर्तन संगै खोला गहिरिने र भुमिगत पानीको स्रोत समेत नपाईने बताए । नगरपालिकाको प्रमुख आन्तरिक आय भनेकै नगरभित्र बग्ने खोला भएकाकारण उत्खनन्का विषयमा प्रारम्भिक वातावरणीय परीक्षण (आइइइ) गरेर खोला उत्खनन्को प्रकृया सुरु गरेको बताउँदै गत आर्थिक वर्षमा खोला उत्खनन्को ठेक्का प्रकिृया भए पनि ठेक्का नलागेका कारण नगरपालिकाले कतिपय योजनाहरु स्तगित गर्नु पर्ने अवस्था सिर्जना भएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पंकज भुर्तेलले बताए ।नगरपालिकाले शस्चिरे बजारमा रहेको सामुदायिक भवनमा गरेको छलफलमा नगरका राजनितीक दलहरुले अत्याधिक उत्खनन्का कारण खोला तटिय क्षेत्रका वस्तिमा विकराल अवस्था आएको कारण जथाभावी उत्खनन् रोक्न नगरपालिकालाई सुझाव दिएका थिए । नगर प्रमुख हरिकुमारराना मगरको अध्यक्षतामा भएको प्रारम्भिक वातावरणीय परीक्षण (आइइइ) प्रतिबेदन सार्वजानीक कार्यक्रममा नगरउपप्रमुख कमला आचार्य खतिवडाले स्वागत मन्तव्य राखेकी थिईन ।

प्रदेश सांसद विर्ख प्रधान, तथा नगरमा रहेका राजनितीक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नगर प्रमुख रानामगरले नगरपालिकाको प्रमुख आयस्रोत नै नगरभित्र रहेका नदी तथा खोला भएका कारण खोला उत्खनन्लाई यो वर्ष समय मै ठेक्का लगाउनका लागि प्रारम्भिक वातावरणीय परीक्षण (आइइइ)गरि प्रकृया सुरु गरेको बताए । उनले गत वर्ष खोला उत्खनन्को ठेक्का नलागेका कारण कतिपय योजनाहरु समेत संचालन गर्न कठिनाई भएको बताए । नगरपालिकामा रहेका खोला उत्खनन्का लागि ठेक्का नलागे नगरविकासमा समस्या हुने समेत यनको भनाई छ ।
अर्जुनधारामा रहेका प्रमुख दुई खोला बिरिङ खोलामा  वार्षिक रुपमा ५४ हजार  घनमिटर र टाङटिङ खोलाबाट वार्षिक ३९ हजार ५० घनमिटर नदि जन्य सामग्री संकलन गर्न सकिने प्रारम्भिक वातावरणीय परीक्षण (आइइइ) प्रतिबेदनमा बताईएको छ ।