आज:  | Thu, 06, Aug, 2020
FLASH NEWS

प्रम ओली र गौतमबीच बैठक सम्पन्न, पार्टी फुट्न नदिने विषयमा परामर्श


समृद्ध अनलाईन १३ श्रावण २०७७, मंगलवार २०:५८ मा प्रकाशित ( हफ्ता अघि) ३७ पाठक संख्या

काठमाडौँ, साउन १३ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र उपाध्यक्ष वामदेव गौतमबीच सोमबार अबेर साँझ भैँसेपाटीस्थित गौतम निवासमा भएको छलफल सम्पन्न भएको छ ।
छलफलमा नेकपालाई कुनै हालतमा ‘फुट्न’ नदिनेमा केन्द्रीत भएर छललफल भएको भैँसेपाटी स्रोतले बताएको छ । अध्यक्ष ओली र उपाध्यक्ष गौतमबीच करिब एक घण्टा छलफल भएको थियो । प्रधानमन्त्री ओली परिवारका सदस्यसहित गौतम निवास पुगेका थिए । उनीहरू साँझ ९ बजे गौतम निवासबाट बाहिरिेएका थिए ।
प्रधानमन्त्रीसँगै पार्टी महासचिव विष्णु पौडेलको पनि उपस्थिति थियो । भैँसेपाटी गौतम निवास स्रोतले छलफललाई नितान्त पारिवारिक भेटघाट भनेको छ । तर त्यसमा राजनीतिक विषयमा समेत छलफल भएको बताइएको छ । पार्टीभित्र चुलिएको विवादले प्रधानमन्त्री ओली र उपाध्यक्ष गौतम दुवैले चिन्ता व्यक्त गरेका छन् ।
विवादलाई चाँडोभन्दा चाँडो सल्टाउन नेताहरू सबै लाग्नुपर्ने र पार्टीलाई हरहालतमा ‘फुट’बाट बचाउनुपर्ने सुझाव गौतमले दिएका छन् । नेकपाभित्र चुलिएको विवाद सल्टाउन उपाध्यक्ष गौतमले राखेका थिए । छ बुँदे मध्यमार्गी प्रस्तावमा प्रधानमन्त्री ओली सकारात्मक प्रतिक्रिया दिएको बुझिएको छ । बैठक सकारात्मक रहेको नेता गौतमका स्वकीय सचिव दीपक टमटाले बताए ।