आज:  | Thu, 06, Aug, 2020
FLASH NEWS

सोलुखम्वुमा तास खेलि रहेका ४ जना १४ लाख नगद सहित २९ लाखको चेक सहित पक्राउ


समृद्ध अनलाईन १४ श्रावण २०७७, बुधबार १५:३० मा प्रकाशित ( हफ्ता अघि) ८१ पाठक संख्या

सोलुखुम्बु, साउन १४ गते । सोलुखुम्बुको सोताङ गाउँपालिका–५ गणेश राईको घरमा तास खेलि रहेका ४ जनालाई ठुलो परीणामको नगद सहित प्रहरीले पक्राउ गरेको छ । राईको घरमा तास खेलिरहेको भन्ने बिशेष सूचनाका आधारमा मंगलवार दिउँसो ३ बजे ईलाका प्रहरी कार्यालय सोताङबाट खटिएको प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा तास खेली रहेका ४ जना नगद सहित पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सोताङ गाउँपालिका–४ का ३७ बर्षीय दुर्गा प्रसाद राई, सोताङ गाउँपालिका–२ का ३४ बर्षीय दुर्गा प्रसाद राई, थुलुङ दुधकोशी गाउँपालिका–७ का २९ बर्षीय दिपक राई र ३२ बर्षीय फ्रेमराज राईलाई रहेका छन् । तासको खालबाट प्रहरीले नगद १४ लाख ६५ हजार र ३४ बर्षीय दुर्गा प्रसाद राईको नाममा रहेको चेकमा दिपक राईको नाम उल्लेख गरी ३ थान चेकमा ८ लाखको दरले र १ थान चेकमा ५ लाख रुपैयाँ लेखी सही गरेको ४ थान चेकमा २९ लाख समेत बरामद गरेको छ । पक्राउ परेका चारै जनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।