आज:  | Mon, 03, Aug, 2020
FLASH NEWS

मोलुङ खोलामा एक ब्यक्ती मृत अवस्थामा फेला


समृद्ध अनलाईन १४ श्रावण २०७७, बुधबार १९:०५ मा प्रकाशित ( दिन अघि) ६७ पाठक संख्या

ओखलढुंगा, साउन, १४ गते । ओखलढुंगाको मोलुङ गाउँपालिका ४ मोलुङ खोलामा बुधबार बिहान एक ब्यक्ती मृत अवस्थामा फेला परेका छन् । जिल्लाको मोलुङ गाउँपालिका ३ स्थाई घर भएका अन्दाजी ३१ बर्षिय छबि दाहाल खोलाको किनारमा मृत अवस्थामा फेला परेका हुन् । मंगलबार दिउसो घरपरिवारलाई बिना जानकारी घरबाट निस्किएका उनलाई बुधबार आज बिहान करिब ८ बजे घोप्टो परेको अवस्थामा खेलाको किनारमा आफन्तले मृत फेला पारेको ओखलढुंगा प्रहरी निरिक्षक शिव कट्टेलले जानकारी दिए ।
मानसिक सन्तुलन कमजोर भएका दाहाललाई खोलामा मृत अवस्थामा फेला पारेपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । खबर लगत्तै ईलाका प्रहरी कार्यालय बरुणेश्वरबाट पुगेको प्रहरी टोलीले आवश्यक कानुनी प्रकृया पुरा गरेर शवलाई पोष्टमाटमपछी परिवारलाई जिम्मा दिईसकेको प्रहरीले जनाएको छ ।