आज:  | Thu, 06, Aug, 2020
FLASH NEWS

काठमाडौबाट अर्जुनधारा आएका एकजनामा कोरोना पुष्टि


समृद्ध अनलाईन १६ श्रावण २०७७, शुक्रबार १३:२० मा प्रकाशित ( दिन अघि) ३११ पाठक संख्या

अर्जुनधारा, साउन १६ गते । अर्जुनधारामा काठमाडौबाट अाएका एक जनामा कोरोना संक्रमण भएको छ । वड नं १ सिस्नेका ३१ वर्षिय पुरुषमा संक्रमण भएको हो ।
छिमेकीलाई लिएर उनी सोमबार काठमाडौँ गएका थिए । उनले काठमाडौँमै रहँदा थ्रोट स्वाब संकलन गराएर बुधबार उनी पुनः घर फर्किएका नगर स्वास्थ शाखाले जनाएको छ । बिहीबार पीसीआर रिपोर्ट पोजिटिभ आएको खबर उनले पाएका थिए । उनलाई थप उपचारका लागि कोभिड अस्पताल पठाईएको छ । संक्रमित व्यक्तिको घरपरिवार ‘सिल’ गरिसकिएको छ । उनको परिवारमा ८ जना सदस्य रहेका छन् । उनीहरुको पनि पाँच दिनपछि स्वाब संकलन गरिने बताईएको छ।
परिवारका सदस्यमा पनि संक्रमण फेला परेकाे खण्डमा संक्रमित व्यक्ति डुलेको गाउँघरको ‘कन्ट्याक ट्रेसिङ’ गरिने स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले जानकारी दिए ।