आज:  | Thu, 06, Aug, 2020
FLASH NEWS

ओखलढुंगामा बि.पि.स्मृति भवन निर्माणका लागि सहयोग जुट्दै


समृद्ध अनलाईन १६ श्रावण २०७७, शुक्रबार १७:३३ मा प्रकाशित ( दिन अघि) २२२ पाठक संख्या

ओखलढुंगा, साउन १६ गते । ओखलढुंगाको चम्पादेवी गाउँपालिका अध्यक्ष सहित नेपाली काँग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधिले बि. पि. स्मृति भवन निर्माणका लागि नगद सहयोग गरेका छन् । नेपाली काँग्रस ओखलढुंगाको निर्माणधिन भवनका लागि गाउँपालिकामा काँग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधिले आर्थिक सहयोग गरेका हुन् ।
गाउँपालिका अध्यक्ष तथा नेपाली काँग्रेस ओखलढुंगाका सचिव नवराज केसी तथा गाउँपालिका उपाध्यक्ष निर्मला रैका मगर रहित गाउँपालिकामा नेपाली काँग्रेसका तर्फबाट निवाचित जनप्रतिनिधिहरुले एक मुष्ट ५ लाख ५२ हजार १ सय ३० रुपैया भवन निर्माण समितीको बैंक खातामा जम्मा गरेको नेपाली काँगे्रस जिल्ला कार्यसमिती ओलढुंगाका सभापति प्रदिपकुमार सुनुवारले बताए । चम्पादेवीमा काँग्रेसका तर्फबाट निवार्चित सम्पुर्ण जनप्रतिनिधिले आफुले पाउने एकमाहिनाको पारिश्रमिक पार्टी कार्यालय निर्माणका लागि सहयोग गरेका वताईएको छ ।
त्यस्तै गरि नेपाली काङ्ग्रेसका नेता पुर्व अर्थ राज्यमन्त्री तथा संघीय सम्सद अन्तर्गत प्रतिनिधिसभाका सार्वजानिक लेखा समितिका सभापती माननीय भरत कुमार शाहले पनि भवन निर्माणको लागि २५ हजार रुपैंया प्रदान गरेका छन् ।


भवन निर्माणकालागि निरन्तर सहयोग जुटी रहेको भए पनि तत्कालका लागि रकम अभाव भएकोकारण सहयोग जुटाउन आफहरु लागि परि रहेको काँग्रेस ओखलढुंगा उपसभापति तेजेन्द्र खनालले बताए । भवन निर्माणका लागि सहयोग गर्नुहुने सबैलाई नेपाली काङ्ग्रेस ओखलढुंगा जिल्ला कार्यसमिती एबम बि. पि. स्मृति भवन निर्माण समितिले धन्यवाद ज्ञापन गरेको छ । जिल्ला सदरमुका ओखलढुंगामा निर्माण थालिएको बि.पि.स्मृति भवन एक करोड १० लाखमा चालु आर्थिक वर्षमा निर्माण सम्पन्न हुने बताईएको छ ।