आज:  | Thu, 06, Aug, 2020
FLASH NEWS

ईलाममा माईखोलाले बगाउँदा एकजनाको मृत्यु


समृद्ध अनलाईन १६ श्रावण २०७७, शुक्रबार १८:०६ मा प्रकाशित ( दिन अघि) ५० पाठक संख्या

ईलाम, साउन १६ गते । ईलामको माईखोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ । माङसेबुङ गाउँपालिका ५ का २८ बर्षीय चन्द्र बहादुर थेगिमको माई खोलाले बगाएर मृत्यु भएको हो ।
शुक्रबार बिहान १० बजे परिवार सहित माई खोलामा पुजा गर्न गएको र पुजा गर्नु अगाडी खोलामा नुहाउने क्रममा उनलाई अचानक खोलाले बगाएको हो । खोलाले बगाएर थेगिमको मृत्यु भएको खवर गरे संगै जिल्ला प्रहरी कार्यालय ईलामबाट प्रहरी टोली खटि गई कानूनी सुरु गरि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।