आज:  | Thu, 06, Aug, 2020
FLASH NEWS

वडाका एक युवामा कोरोना संक्रमण देखिएपछि अर्जुनधाराको वडा नंं १ मा लकडाउनलाई निरन्तरता


समृद्ध अनलाईन १७ श्रावण २०७७, शनिबार १२:०७ मा प्रकाशित ( दिन अघि) ९७७ पाठक संख्या

अर्जुनधारा, साउन १७ गते । झापाको अर्जुनधारा नगरपालिका वडा न. १ मा अर्को सुचना जारी नभए सम्मका लागि लकडाउनलाई निरन्तरता दिईने भएको छ । समुदाय स्तरमै कोरोना संक्रमण पुष्टि भए पछि वडा नं. १ मा शनिबार देखि पुर्णरुपमा लकडाउन गरिने भएको हो ।
शुक्रबार स्थानयि एक पुरुषमा संक्रमण पुष्टि भएपछि शनिबार वडामा सर्व पक्षिय बैठक वसि शनिबार राती १२ वजे देखि लागु हुने गरि अर्जुनधार नगरपालिका वडा नं. १ मा एम्वुलेन्स बाहेकका अन्य सार्वजानिक तथा निजि  (खाद्यन्न बाहेकका)  यातयातका साधन पुर्ण रुपमा बन्द गर्ने, वडा क्षेत्रमा रहेका सार्वजानिक स्थानमा भेला तथा वैठक र सार्वजानीक सभा समारोहमा पुर्ण रुपमा रोक लगाउने, वजार तथा पसलहरु पुर्ण रुपमा वन्द गरि सार्वजानिक स्थानमा हिडडुलमा समेत रोक लगाउने निर्णय गरेको छ ।
बैठकले अर्जुनधारा नगरपालिका, शनिस्चरे प्रहरी चौकी तथा खुदुनाबारीमा रहेको शसस्त्र प्रहरीलाई समेत वडाको निर्णय कार्यन्वयनका लागि सहयोग गर्न अपिल गरेको छ । बैठकमा समुदाय स्तरमा भेटीएका पहिलो संक्रमितको स्वास्थ्य लाभको कामना गर्दै सर्वसाधरणलाई विनाकाममा घरबाट बाहिर ननिस्कन समेत आव्हन गरिएको छ । वडामा संक्रमित फेला परेपछि सर्वसाधरणमा भने कोरोना संक्रमणको त्रास बढेको छ । वडाका एक युवामा कोरोना संक्रमण देखिएपछि उनको परिवार सहित उनीसँग सम्पर्कमा आएका अन्यलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरिको र होम क्वारेन्टाइनमा बसेकाहरुको पिसीआर जाँच गरिने वडा कार्यालयले जनाएको छ ।