आज:  | Thu, 06, Aug, 2020
FLASH NEWS

टान्टीङ खोलाले बगाएर १ जनाको मृत्यु


समृद्ध अनलाईन १७ श्रावण २०७७, शनिबार १६:०३ मा प्रकाशित ( दिन अघि) २४७ पाठक संख्या

अर्जुनधारा, साउन १७ गते । झापामा टान्टीङ खोलाले बगएर एक जनाको मृत्यु भएको छ । अर्जुनधारा नगरपालिका वडा नं ४ का ५६ बर्षीय बिदुर पराजुलीको टाङटिङ खोलाले बगाएर मृत्यु भएको हो ।
आज दिउँसो १२ बजे खोला तर्ने क्रममा पराजुलीलाई खोलाले बगाएको वडा नं. ४ का वडा अध्यक्ष दुर्गा दाहालले जानकारी दिए । उनको खोलाले बगाएर मृत्यु भएको खवर पाए लगतैे प्रहरी टोलीले मृतकलाई पोष्टमार्टमका लागि अस्पताल पठाएको र कानूनी प्रकृया पुरा गरी अन्य थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडले जनाएको छ ।