आज:  | Thu, 06, Aug, 2020
FLASH NEWS

कोरोनाको कार्वाही / नेपाल+भारत


समृद्ध अनलाईन १७ श्रावण २०७७, शनिबार २१:०७ मा प्रकाशित ( दिन अघि) २३८ पाठक संख्या

–अम्विका पसद भट्टराई

कान खोलेर सुन नेपाल सरकार र नेपाली जनता । म कोरोना भाईरस हु । मेरो जन्मथलो चीनको बुहान प्रान्त हो । म भर्खर ८ महिनाको भएँ । विश्व विकसित राष्ट्र चीनको खानपानले मलाई छिट्टै जवान र शक्तिशाली बनायो । मेरो कुनै रुप,रंग, गन्ध, वासना केही छैन ।
म हावा जस्तै अदृश्य, अजर, अमर र शक्तिशाली भाईरस हुँ । मेरो विशेष काम विश्वभरका शोषक सामन्त र कुख्यात अपराधिहरुलाई छिट्टै समाप्त पारी नेपाल–भारत बिच गहिरो अध्ययन–अनुसन्धान र आवश्यक कार्वाही गर्ने हो । मलाई विश्वभरका कुनै मानवरुपी दानवका आधुनिक शस्त्र–अस्त्रले छेक्न, रोक्न र मार्न सक्दैन । त्यसैले मैले पहिलो चरणमा– विश्व विकसित, सर्वसम्पन्न, नव–धनाढ्य र शक्तिशाली ठानिएका राष्ट्रहरु–अमेरिका, चीन, जापान, वेलायत, भारत, पाकिस्तान, जर्मन, इटली, स्पेन, फ्रान्स ब्राजिल लगायत विश्वका २०८ मुलुक माथि कडा आक्रमण गरि धनजनमा ठूलो क्षति पु¥याई सम्पति र शक्तिको घमण्ड तोडिदिएँ । आज तिनीहरु नतमष्तक भएर आ–आफ्नो घर भित्र लुकेर महिनौँ–महिना बस्न बाध्य भएका छन् ।
अब मेरो ध्यान नेपाल–भारत तर्फ केन्द्रित भएको छ । नेपालका भोका–नांगा, गरिब, असाहय जनताहरु माथि हिजो देखि आजसम्म निरन्तर शोषण–दमन गर्ने पूर्व सामाजिक तथा ऐन कानुन हातमा लिई एकल निरंकुश सत्ता संचालन गर्दै देश विदेशबाट प्राप्त सहयोग समेत भ्रष्टाचार गरि कमाएको ५० पुस्ता थेग्ने सम्पतिमा रमाईरहेका राजनैतिक अपराधिहरु मेरो कार्वाहिको सुचिबाट छुट्ने छैनन् ।
वर्तमान संघिय लोकतान्त्रिक गणतन्त्रका हिमायती सत्ताधारी र विपक्षी दलहरुको धिनलाग्दो राजनैतिक भागवण्डा, गुटगत राजनीति खुट्टा तान्ने पुरानै प्रवृति र आपसी खिचातानी मुलुक र जनतामाथि फेरी पनि अन्याय भएको मेरो ठहर छ । आजैका मिति देखि उल्लेख व्यवहार नगर्न, नगराउन मेरो कडा सुझाव छ ।
अब म नेपाली जनताले मुलुकको विकास र जनताको भलाई खातिर निर्वाचित गरि पठाएका सातै प्रदेशका तिनै तहका जनप्रतिनिधीहरुको क्रियाकलापबारे टिप्पणी गर्न गईरहेको छु । मुलुकको विकासमा महत्वपुर्ण भुमिका निर्वाह गर्न सक्ने ठानिएको स्थानिय तहका जनप्रतिनिधीहरुले विगत २ वर्ष भित्र व्यवस्थापन र विकासको नाममा लाखौँ, करोडौँ खर्च देखाएको, जनअपेक्षा अनुरुप काम गर्न नसकेको, धेरै बेरुजु खर्च देखिएको र जनप्रतिनिधीहरु सेवक नभई हाकिम बन्ने गरेको पाईएकोले मुलुक र सरकारकै बदनाम भएको छ । त्यसै गरि प्रदेश र केन्द्र सरकारका जनप्रतिनिधीहरुले पनि मितव्ययिता नअपनाइ व्यवस्थापन, विकास लगाएत वाहियात खर्च, अनावश्यक र महंगा गाडी खरिद, बिलासिताका सामान र तडकभडक शैलि, पटकौँ–पटक विदेश भ्रमणमा करोडौँ–अरबौँ खर्च गरि आर्थिक संकट निम्त्याएको देखिएकोले, यिनिहरु सबै नितीगत नव भ्रष्टाचारी भएको हुनाले कार्वाही स्वरुप मेरो न्यायिक कठघारामा छिट्टै लम्पसार पर्ने छन् ।
हालै मात्र ‘म’ कोरोना भाईरसको कारण देखाई स्थानिय र प्रदेश सरकारले क्वारेन्टिन, आईशोलेसन, निर्माण, व्यवस्थापन, राहत वितरण, उपचार सामाग्री खरिद र उपचार समेतमा भनि पेश गरेको खर्च विवरण र केन्द्र सरकारले पनि सोहि शिर्षकहरुमा भर्खरै सार्वजनिक गरेको खर्च विवरण रु १० अर्व बढि रकम प्रति मेरो र सबैको चिन्ता र चासो बढेकोले केन्द्र सरकारले छिट्टै अनुकुल मिलाएर शिघ्र खर्च विवरण पारदर्शिता गराओस भनि कडा निर्देशन गर्दछु ।
अब म वर्तमान नेकपा वली नेतृत्वको सरकारले विगत २ वर्ष भित्र मुलुकमा भए गरेका विशेष कार्यहरुको छोटकरीमा जानकारी दिन चाहन्छु । विगत २ वर्ष भित्र नयाँ संविधानको प्रभावकारी कार्यान्वयन, २ विशाल पार्टीहरुको एकीकरण लगायत मुलुक भर अत्यावश्यक विविध विकासात्मक कार्यहरु प्राय पुरा गरको पाए । यसको अतिरिक्त ८÷१० ओटा राष्ट्रिय महत्वका विशेष र विशाल योजनाहरु भरपर्दो रुपमा अघि बढको पाइयो । छोटो र संक्रमणिय अवस्थामा पनि वर्तमान सरकारले विभिद चुनौतीका बावजुद मुलुक र जनहितमा उल्लेखनिय कार्यहरु गरेकोमा वर्तमान सरकारलाई धन्यबाद दिन चाहन्छु । पार्टी भित्रको गुट–उपगुट हटाई सिंगो पार्टी नेकपा बनाई पार्टीको विधान र निर्णयानुसार सरकार अघि बढोस भन्ने अपिल गर्दछु ।
प्रतिपक्षि दलहरुले सरकारलाई आवश्यक रचनात्मक सहयोग गर्नुपर्नेमा सो नगरी अनावश्यक, झुट्टा, असत्य र जनतालाई भ्रम फैलाएको पाईयो । २÷३ महिना यता म स्वंय अनुगमनमा हुँदा–हुदैँ पनि विपक्षी दलहरु र विशेष रुपमा प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेस जसरी पनि यो स्थायि सरकारलाई असफल बनाउन लागिरहेको पाइयो । नेका सभापति तथा विपक्षी दलका नेता देउवाले ‘यो सरकारले २ वर्ष भित्र २ वटा पनि राम्रो काम नगरेको’ भन्ने कथित झुटो आरोप प्रति मेरो विशेष ध्यान केन्द्रित भएको छ । यस्तो असत्य आरोप लगाएर जनतालाई भ्रमित गराउनु हुँदैन । विरोधका लागि विरोध गर्र्ने नेकाको पुरानै नराम्रो प्रवृति र आगामी निर्वाचनमा देशभर कांग्रेस समाप्त हुने डरले उक्त अभिव्यक्ति दिएको मेरो ठहर छ । त्यसैले नेका सभापति मेरो कार्वाहीको पहिलो सुचिमा परेका छन् ।
झण्डै ४० लाख भारतीयबाट ठूलो रकम लिएर नेपालको नागरिकता दिने, राष्ट्रका महत्वपुर्ण नदिनाला विक्रि गर्ने, अनावश्यक सन्धिमा हस्ताक्षर गरि मुलुक र जनतालाई संकटमा पार्ने, भारतीय चेलीलाई तत्काल नागरिकता दिने, मुख्य पदमा समेत हालिमुहाली गर्न वंशजको नागरिकता दिन तयार हुने, भारतले सिमा मिचेको छैन भन्ने, नेपालको जमीन भारतको हो भन्ने, मधेशीहरुले साथ नदिए नेपालै रहँदैन भन्ने, भारत र नेपाल बिच युद्ध भएमा हामी मधेशीया जति भारतको तर्फबाट लड्ने छाँै भन्ने र नेपालको नयाँ नक्शा खारेजीको लागि संसदमा प्रस्ताव दर्ता गर्ने जस्ता राष्ट्रघातीहरु लाई समाप्त गर्न मैले उनीहरुलाई कालो सुचीमा राखिसकेको छु ।
उता नेपालको घनिष्ट छिमेकीको रुपमा रहेको ठुलो, धनी र शक्तिशालि छिमेकी राष्ट्र भारतले नेपाललाई पटक–पटक धेरै पटक निम्नानुसार दुख दिएको पाईएकोले संवन्धित अपराधीहरुको नाम कालो सुचिमा राखी शसक्त कार्वाही अघि बढाइरहेको छु ।
१. मेची महाकालीका सिमा स्तम्भ चोर्ने, सार्ने र नाश गर्ने ।
२. मेची महाकाली सिमा ७३ स्थानमा अतिक्रमण गरेको ।्
३. सिमा क्षेत्र वरपर हजाँरौ बिगा कब्जा र अतिक्रमण ।
४. सुस्ता अतिक्रमण ।
५. कालापानी, लिपुलेक, र लिम्पियाधुरा कब्जा र अतिक्रमण ।
६. दशगजा क्षेत्र पुर्ण कब्जा र अतिक्रमण ।
७. सिमा क्षेत्रमा रातारात एकलौटी बाँध निर्माण ।
८. सिमा क्षेत्र वरपरकका नेपालीहरुलाई बारम्बार कुटपिट र दुरव्यवहार ।
९. भारतीय एसएसबीको गुण्डागर्दी र लुटपाट, हत्याहिंसा ।
१०.सिमा अतिक्रमण गरि सडक निर्माण ।
११. पटक–पटक नेपालमाथि नाकाबन्दि ।
१२. नेपालको तराई पुरै अतिक्रमणको गोप्य तयारी ।
१३. सप्तकोशी ब्यारेजमा बाढीको बेला अधिकांश ढोका बन्द ।
१४.हाल मेरो कारण संक्रमित नेपाली कामदारहरुलाई घोक्रेठ्याक लगाई सिमा कटाएको ।
यसका अतिरिक्त नेपालको नयाँ संविधानको जारी प्रक्रिया रोक्न, संविधान खारेज गर्न दुत पठाएको , २०७२ को भुकम्प पिडीत नेपालमाथि लामो समय नाकाबन्दी गरेको ।आन्तरिक मामिलामा हस्तक्षप गरिरहँदा पनि नेपालका वरिष्ठ भनिएका कुनै पनि नेता भारत विरुद्ध बोल्न सकेनन् ।तत्काल एमाले, हाल नेकपा अध्यक्ष तथा वर्तमान अध्यक्ष केपी शर्मा वलीले मात्र भारत विरुद्ध उभिएर कडा प्रतिवाद गरेका थिए । नाकाबन्दीको बिरोधमा त ‘भारतले नाकाबन्दी तत्काल नखोले भारतको भ्रमण पनि गर्दिन’ भन्ने कडा अभिव्यक्ति दिएर भारतलाई नतमस्तक गराए ।यसरी नेता वलीले आफुलाई एउटा राष्ट्रभक्तको रुपमा उभ्याउन सफल भएका थिए ।
यसपटक पनि उनै वर्तमान प्रधानमन्त्री केपी वलीले ६० वर्ष देखि भारतले अतिक्रमण गरको नेपालको भुमी कालापानी, लिपुलेक र लिम्पियाधुरा अविलम्ब फिर्ता गर्न र भारतीय सेना र ब्यारेक हटाउन कुटनैतिक, राजनैतिक प्रक्रियाको अतिरिक्त कडा आदेश समेत जारी गरेका छन् । भारतले उक्त नेपाली भुमि राखी जारी गरेको नयाँ नक्शा र सोही नक्शा भित्र बनाएको सडकको बिरुद्ध वली सरकारले पनि उक्त नेपाली भुमी आफ्नो नक्शामा राखी नयाँ नक्शा उद्घाटन गर्दै ‘सत्यमेव जयते’ भनि भारतलाई तुरुन्त पछि हट्न पुन ठाडो आदेश गरि उक्त भुमिको सुरक्षार्थ ब्यारेक सहित शसस्त्र र सिमा सुरक्षा पोष्ट पहिलो पटक खडा गराएका छन् ।
यसप्रकार राष्ट्र, राष्ट्रियता र जनताको पक्षमा डटेरै काम गरेको देखिएकोले नेपालका वर्तमान प्रधानमन्त्री केपी शर्मा वलीलाई मैले देशभक्त र राष्ट्रबादी नेताको रुपमा लिएँको थिए ।
तर अमेरिकी एम.सि.सि परियोजना प्रकरणमा चाँहि नेकपाका वरिष्ठ अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री केपी शर्मा वलीले उक्त परियोजनाको उद्धेश्य, मर्म र भावना नवुझि पार्टी कार्यलद प्रतिवेदनको अवहेलना र पार्टी पद्धती तथा निर्र्णयको अवज्ञा गर्दै नेका सभापति देउवाको काँध चढी राष्ट्रघाती एम.सि.सि सहयोग परियोजना संसदबाट अनुमोदन गराउने उद्धेश्य साथ हाल सार्वजनिक आ.व ०७७÷०७८ को वाषर््िाक वजेटमा समेत कुबाटो बाट एम.सि.सि भित्रको विद्युत प्रसारण लाईन निर्माणको योजना र सो वापद छुट्याइएको रकम रु ५ अर्व समेत समावेश गरि सार्वजनिक गर्दा समेत सांसदहरुले वास्ता नगरी वजेट पारित गरिसकेको र अब तुरुन्त संसदबाट उक्त एम.सि.सि परियोजना पारित गराउन लागि परको देखिएको हुँदा निजलाई सो को कार्वाही स्वरुप मैले २ नं सुचिमा राखेको छु । राष्ट्रघाती एम.सि.सि परियोजना पारित गराएमा निजलाई न्यायिक कठगरामा उभ्याउने छु ।
यसप्रकार गाँउ समाजका सामन्तिहरु पूर्व सत्तासिन राजनैतिक मतियारहरु, वर्तमान सत्ता पक्ष तथा विपक्षी दलका बेइमान नेता तथा कार्यकर्ताहरु लगायत सिंगो मुलुकका शोषक, तथा नव सामन्तिहरु लाई मेरो कार्वाहि सुरु भईसकेको छ । दक्षिण तराईबाट महामारीको राँको सल्काई पूर्व, पश्चिम र उत्तर घेर्दै अन्त्यमा उपत्यका–राजधानी केन्द्रित महामारीबाट नेपाली जनताका दुश्मनहरुलाई समाप्त पार्ने म कोरोना भाईरस प्रकोपको विशेष योजना रहेको छ ।

होशियार खवरदार ।  धन्यवाद ।