आज:  | Wed, 30, Sep, 2020
FLASH NEWS

भण्डारीको नयाँ भजन राष्ट्र देव पशुपतिनाथ सार्वजनिक


समृद्ध अनलाईन २८ श्रावण २०७७, बुधबार १७:२६ मा प्रकाशित ( महिना अघि) १२० पाठक संख्या

अर्जुनधारा, साउन २८ गते । गायक तथा संगीतकार कृष्ण भण्डारीको नयाँ भजन सार्वजनिक भएको छ । भण्डारीको नयाँ भजन ‘राष्ट्र देव पशुपतिनाथ’सार्वजनिक भएको हो ।
झापाका विभिन्न स्थलमा छायाङ्कन गरीएको भजनको भिडियोमा गायक तथा संगीतकार भण्डारीलगायतले अभिनय गरेका छन् । साउन महिनाको अन्तिम सोमबार पारेर भजन सार्वजनिक गरीएको भजनलाई तुलसीप्रसाद भट्टराईले रचना गरेका हुन् । भिडियोमा शुन्दर लाओतीको निर्देशन तथा सुवास लिम्बुको सम्पादन रहेकोछ । आधुनिक तथा भजन गायनमा राम्रो चर्चा कमाएका भण्डारीको कृष्ण काले नक्कले लगायतका भजनहरु चर्चित रहेका छन् ।

हेर्नुहोस भिडियो