आज:  | Wed, 30, Sep, 2020
FLASH NEWS

बिर्तामोडमा टिभिएस अपाचे २०० ४भी मोटरसाइकलको सार्वजनिक


समृद्ध अनलाईन २ भाद्र २०७७, मंगलवार १९:३० मा प्रकाशित ( महिना अघि) ६८ पाठक संख्या

-तुलसीप्रसाद निरौला
बिर्तामोड, भदौ २ गते । दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारीसाधनहरुका लागि प्रतिष्ठित टिभीएस मोटर कम्पनीले झापाको बिर्तामोडमा टिभिएस अपाचे २०० ४भी मोटरसाइकलको सार्वजनिक गरेको छ । टिभिएसको नेपालको लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएसको बिर्तामोडका लागी आधिकारिक बिक्रेता पाथिभरा अटोलिंक बिर्तामोडबाट टिभिएस अपाचे २०० ४भी मोटरसाइकलको सार्बजनिक गरेको हो ।
पाथीभरा अटोलिंकका सञ्चालक विपिन वस्नेतको अध्यक्षता तथा वीरता जेसीजका अध्यक्ष मिजाश पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख अतिथि पोखरेल , मारवाडी युवा मञ्चका अध्यक्ष पंकज मित्तल ,पूर्व अध्यक्ष दिपक मित्तल लगायतले टिभिएस अपाचे २०० ४भी मोटरसाइकलको सार्वजनिक गरेका थिए ।
उनीहरुले टिभिएस अपाचे २०० ४भी मोटरसाइकल झापाली सडकहरुका लागि सुहाउँदो भएकाले युवापुस्ता माझ लोकप्रिय हुने वताएका थिए ।
कार्यक्रममा जगदम्बा मोटर्सका रिजनल म्यानेजर अमृतकुमार चौहानले टिभिएस अपाचे २०० ४भी मोटरसाइकल आधुनिक स्मार्ट कनेक्ट सुविधायुक्त रहेकाले ग्राहकहरूमाझ लोकप्रिय बन्ने बताए ।  टिभिएस अपाचे २०० ४भी मोटरसाइकलमा ब्लुतुथ कनेक्ट प्रणाली मार्फत रेस टेलिमिल्ट्री, ट्विन बाई ट्विन नेभिगेसन, कलरएसएमएस अलर्ट, लो फ्विल वार्निङ एण्ड एसिस्ट, क्र्यास अलर्टट सिस्टम, लेन एङ्गल मोड, एड्भन्स एबिएस विथ आरपिएल, आरटी स्लिपर क्लच, लगायतका स्मार्ट फिचर्सहरु समावेस रहेकाले बाटोमा यात्रा गर्दा अरु मोटरसाइकलभन्दा सुविधायुक्त रहेको उनले वताए ।
त्यस्तै १९७.७५ सीसीको फोर स्ट्रोक आयलकुल्ड १९७.७५ सिसी इन्जिनको अपाचे आरटीआर २०० ४भीले २०.५ पीएस पावर र १८.१० एनएम टर्क जेनेरेट गर्ने बताउँदै ३९. सेकेन्डमा ० देखि ६० किलोमिटर प्रतिघण्टाको स्पिडमा पुग्नसक्ने दावी गरिएको यस मोटरसाइकलको उच्च गति १२७ किलोमिटर प्रतिघण्टा रहेको उनले जानकारी दिए ।
५ स्पिड गियर बक्स रहेको यस मोटरसाइकलको इन्धन क्षमता १२ लिटर रहेको र यसमा १८० मिलिमिटर ग्राउण्ड क्लेयरेन्स उनले वताए । ग्लसी ब्याक र पर्ल ह्वाइट गरी २ वटा रङ्गहरुमा उपलब्ध रहेको टिभिएस अपाचे २०० ४भी मोटरसाइकलको मूल्य भने तीन लाख ३९ हजार ९ सय रहेको उनले बताए ।
कार्यक्रममा जगदम्बा मोटर्सका रिजनल अफिसर तीर्थ रिजाल , नेपाल अटो मेकानिक ट्रेड युनियन मोटरसाइकल इलाका कमिटी बिर्तामोडका संस्थापक अध्यक्ष दिपेश वस्नेतलगायतको सहभागिता रहेको थियो ।
पाथिभरा अटोलिंकका सञ्चालक याम कार्कीले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन पाथिभरा अटोलिंकका सञ्चालक सजेश शिवाकोटीले गरेका थिए ।