आज:  | Wed, 25, Nov, 2020
FLASH NEWS

७ हजार १३७ विद्यालयमा सिकाई कार्यक्रम सञ्चालन गरिदै


समृद्ध अनलाईन १२ भाद्र २०७७, शुक्रबार १९:४४ मा प्रकाशित ( महिना अघि) १०७ पाठक संख्या

विराटनगर, भदौ १२ गते । प्रदेश नं. १ सरकारले विद्यालयमा सिकाई कार्यक्रम सञ्चालन गर्न लागेको छ । विद्यालयबाट क्वारेन्टीन तथा आईसोलेशनको प्रयोग नहटेपनि प्रदेश १ सरकारले सिकाई कार्याक्रम सञ्चालनमा ल्याउने तयारी गरेको हो ।
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाईरसका कारण ५ महिनादेखि विद्यालय बन्द भएपछि शैक्षिक गतिविधि ठप्प भएको भन्दै सामाजिक विकास मन्त्रालयले प्रदेशका ७ हजार १ सय ३७ विद्यालयमा सिकाई कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको हो । प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले स्थानीय तहका प्रमुख÷उपप्रमुख तथा शिक्षा क्षेत्रका सम्बन्धित व्यक्तिहरुसँग परामर्श गरि विद्यालयमा सिकाई सञ्चालनको मार्गनिर्देशन तयार गर्न दिएको निर्देशन अनुसार मन्त्रालयको शैक्षिक महाशाखाले छलफल गरेर सुझाव लिइएको छ । मन्त्रालयले विद्यालयमा सिकाई सञ्चालनका लागि संघीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग समन्वय गरेर अघि बढ्ने मन्त्री घिमिरेले बताए । उनले मन्त्रालयले प्राप्त गरेको सुझाव अनुसार चाँडै बैठक बसेर निष्कर्षमा निकालीने बताए । मन्त्रालयलाई विभिन्न क्षेत्रका व्यक्तिहश्रले विद्यालयलाई निर्मलिकरण गरेर छिटो भन्दा छिटो विद्यालय सञ्चालन गर्नुपर्ने, कम विद्यार्थी भएका विद्यालयबाट पठन पाठन शुरु गर्नुपर्ने सुझाव दिएका छन् भने कक्षा ११ को आन्तरिक मूल्याकंन गरेर १२ कक्षा अविलम्व सञ्चालन गर्न सुझाव दिएका छन् । विहान र दिउँसो दुई चरणमा विद्यालय सञ्चालन गर्न र जोर विजोर रोल नंम्वरका आधारमा र जोर विजोर कक्षा सञ्चालन गर्न सकिने सुझाव आएको मन्त्री घिमीरेको भनाई छ । स्थानीय तहमा प्रत्येक विद्यालयको शिक्षक सदस्य रहने गरि कोभिड टाक्स टिम तयार गर्ने र टिमको सुझाव अनुसार विद्यालय सञ्चालन गर्न सकिने सुझाव दिईएको बताएको छ ।
प्रदेश १ का १ सय ३५ विद्यालय र ६ वटा क्याम्पसमा अहिले पनि क्वारेन्टाईन रहेका छन भने अझैसम्म २ वटा विद्यालयमा होल्डिङ सेन्टर, ३ वटा विद्यालय र एउटा क्याम्पसमा आईसोलेसन केन्द्रको रुपमा प्रयोग भईरहेका छन् । प्रदेश १ का ७ हजार १३७ विद्यालयका करिब १२ लाख ४० हजार विद्यार्थी कोरोना संक्रमणकै कारण पढाईबाट पूर्ण रुपमा बन्चित रहेका छन् ।