आज:  | Wed, 30, Sep, 2020
FLASH NEWS

प्रदेश १ मा १३ सहित ७१ जना पत्रकारमा कोरोना सङ्क्रमण


समृद्ध अनलाईन १३ भाद्र २०७७, शनिबार ०६:२१ मा प्रकाशित ( महिना अघि) १०० पाठक संख्या

अर्जुनधारा, भदौ १३ गते । प्रदेश १ मा १३ सहित ७१ जना पत्रकारमा कोरोना सङ्क्रमण भएको छ । अग्रपंत्तिमा रहेर काम गरिरहेका ७१ जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको हो ।

महासंघका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा नेपाल पत्रकार महासङ्घको अभिलेख अनुसार उच्च जोखिमबीच अग्रभागमा रहेर पेशागत कर्म निर्वाहका क्रममा अहिलेसम्म ७१ जना पत्रकार तथा सञ्चारकर्मी कोरोनाबाट सङ्क्रमित भएका छन् भनिएको छ ।
महासङ्घले सात प्रदेशमध्ये छ प्रदेशका पत्रकार सङ्क्रमित भएकका छन् । सुदूरपश्चिममा भने अहिलेसम्म पत्रकार सङ्क्रमित रहेका छैनन् । हाल सम्म प्रदेश १ मा १३ जना, प्रदेश २ मा २७ जना पत्रकार सङ्क्रमित भएका छन् । बागमती प्रदेशमा ११ जना, गण्डकी प्रदेशमा आठ जना पत्रकार सङ्क्रमित भएका छन् । त्यस्तै, प्रदेश ५ मा ११ जना र कर्णाली प्रदेशमा एक जना पत्रकार सङ्क्रमित भएका छन् ।
सङ्क्रमित पत्रकारमध्ये केही निको भइसकेका छन् भने केही उपचाररत अवस्थामा छन् । महामारीकाबीच आफ्नो जिम्मेवारीमा क्रियाशील पत्रकारको महासङ्घले प्रशंसा गर्दै उपचाररत सबै पत्रकारको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । आफ्नो पेशागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका सबै स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गर्न पनि महासङ्घले पत्रकार तथा सञ्चारकर्मीमा आग्रह गर्दै सरकारसँग सबै पत्रकारको पीसीआर टेष्ट निःशुल्क गर्नुपर्ने र उपचाररत पत्रकारको उचित उपचारको व्यवस्थाको माग गरेको छ ।