आज:  | Wed, 30, Sep, 2020
FLASH NEWS

विकास निर्माणका लागि जनताको सुझाव लिंदै अर्जुनधारा नगरपालिका


समृद्ध अनलाईन १५ भाद्र २०७७, सोमबार ०८:०१ मा प्रकाशित ( महिना अघि) ६० पाठक संख्या

अर्जुनधारा, भदौ १५ गते । अर्जुनधारा नगरपालिकाले चालु आर्थिक वर्ष २०७७ /०७८ को निति तथा कार्यक्रमका विषयमा छलफल तथा अन्तरकृया सुरु गरेको छ । नगरका ११ वटै वडामा अन्तरक्रिया गर्नेगरि आईतबार वडा नं. १ बाट अन्तरकृया सुरु गरेको हो ।
निर्वाचित जनप्रतिनिधि आए पछि नगरमा भए गरेका विकासका कार्यक्रम तथा परिवर्तनका विषयमा सुझाव संकलन र आर्थिक वर्ष २०७७/०७८ को निति तथा कार्यक्रम सर्वसाधरण माझ पुराउने उदेश्यले नगरपालिकाले अन्तरक्रिया सुरुगरेको नगरप्रमुख हरिकुमार रानामगरले बताए । उनले चालु आव २०७७/०७८ को निति तथा कार्यक्रम आम नगरवासीलाई थाहा हुनु पर्ने र नगरका योजनाहरुलाई सबैको साथ सहयोगमा आगामी वर्षमा काम गर्न सहज होस भनेर आफुहरुले हरेक वडाका सर्वसाधरण संग अन्तरकिृया गर्ने गरि वडा नं. १ बाट सुरु गरिएको बताए ।


कृषिमा फड्को मार्दै नगरपालिका
निवर्नचित जनप्रतिनिधि आए पछि नगरपालिकाले कृषिमा फड्को मार्दै गएको छ । नगरपालिकाले हरेक वर्ष कृषिलाई प्रथमिकतामा राखी काम गर्दै गएका कारण पछिल्लो समय अर्जुनधारा कृषिमा फड्को मार्न थालेको हो ।
नगरपालिकामा पशुपालन कसरी गर्ने र कसरी पाल्ने भन्ने नै थाहा नभएको अवस्थामा नगरपालिकाले किसानलाई सल्लाह दिएर व्यवसायिक बन्नलाई प्रोत्साहीत गरेको पशुपंक्षि तथा कछुवा विकास शाखाका प्रमुख पदम राईले बताए । नगरमा हाल सम्म ३० जना वंगुर पालन ब्यवसाय र २० परिवार माछा पालन ब्यवसाय रहेका छन् । स्थानीय तहको पुनःसंरचाना तथा निर्वाचन पछि नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेकै कारण कतिपय युवाहरु कृषिमा आत्मनिर्भर भएर व्यवसायिक समेत बनेका छन् । नगरपालिकाले नगरका विभिन्न स्थानलाई धान तथा मकै पकेट क्षेत्र घोषण गरि रहेको छ ।


पुर्वाधार विकासमा अग्र
झापाको अर्जुनधारा नगरपालिका पुर्वाधार विकासमा अग्रपंतिमा रहेको छ । स्थानिय तह पुनःसंरचाना पछि नगरपालिकाले पुर्वाधार विकासमा फड्को मारेको हो ।
नगरपालिकाले जनता मावि, सिंहदेवी मावि, गणेश मावि, शशंकाराचार्य वेदविद्यापिठ, सरस्वती मावि, शनिस्चरे क्याम्पस लगायतका शैक्षिक संस्थाहरुमा भौतिक संरचना निर्माण गरेको छ । यि शैक्षिक संस्थाहरुमा भवन निर्माण भएपछि भौतिक रुपमा विद्यालयमा सहज भएको बताईएको छ । त्यस्तै गरी नगरपालिकामा रहेका तीन वटा सस्वास्थ्य संस्था बाहेक ८ वटा वडामा खोपकेन्द्र स्थापना गरेको छ । नगरपालिकामा स्वास्थ्य क्षेत्रमा वडा नं. ८ बाहेक अन्य वडामा स्वासथ्य केन्द्र स्थापना गरि सकेको छ भने खोप, परिवार नियोजन तथा आमा सुरक्षा कार्यक्रलाई जोड दिईएको बताईएको छ । त्यस्तै गरी वडा नं. ८, ४, ५, १० र ११ मा सामुदायिक भववन समेत निर्माण गरेको छ ।
नगरपालिकाले सिस्ने साधुटार खानेपानी, सहकाले–खुदुनाबारी खानेपानी, कैदले डिपवोरीङ र शस्चिरे खानेपानी मर्मत संहार गरेर जनताका घर घरमा खानेपानी पुर्याउन सफल भएको छ । नगरपालिकाको अर्को ठुलोे खानेपानी आयोजनामा कालिकास्थान खानेपानी निर्माणधिन रहेको नगरपालिकाका योजना अधिकृत हेमराज सेडाईले बताए ।

संघियय तथा प्रदेश सरकारको योजना कार्यन्वयनमा नगरपालिकाले नजता आवास कार्यक्रम अन्तरगत गत वर्ष २७ वटा घर निर्माण गरेको थियो भने यो वर्ष नगरपालिका भित्र रहेका विपन्न तथा गरीवहरुको ३० वटा घर सोही कार्यक्रम अनुरुप निर्माण गरिएको छ । नेपाल सरकारकोे तराई मधेस समृद्धी कायक्रम अन्तर्गत वडा नं. १ र ३ मा सामुहिक भवन समेत निर्माण हुदै गरेको छ । नगरपालिकाले तीन वर्षकोे अवधिमा हाल सम्म विभिन्न खोला तथा खोल्साहरुमा ९८ वडा पुल कल्भर्ट वनाएको, १८५ किमी सडक ग्रभेल गरेको तथा ९.७ किमी सडक कालोपत्रे गरेको नगरपालिकाका योजना अधिकृत सेडाईको भनाई छ ।


अर्जुनधारा नगरपालिकामा निर्वाचनका बेलामा जनता संग गरेका प्रतिबद्धता जनप्रतिनिधिहरुले पुरा गरी रहेका छन् । नगरपालिकामा अवस्यक शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, विजुलीको माग पराहुँदै गएका छन् । अति विकट वडा नं. २ को सहकालेमा सडक तथा विजुलीको माग पुरा गरेको छ । अति विपन्न परीवारलाई घरसमेत निर्माण गरीएको छ । नगरपालिकाले हाल सम्म र्आिक वर्ष २०७४/०७५ मा कालो पत्रे ३ किमी, झोलु‍ङ्गे पुल १, कल्र्भर्ट ५४, सडक ग्राभेल ५० किमी, बिद्युत बिस्तार ३०० थान, सिंचाई १०० बिगाहमा र ७ वटा भवन तथा मठमन्दिर निर्माण गरेका थियो । र्आिथक वर्ष २०७५/०७६ मा कालो पत्रे २.७ किमी, झोल्गे पल २, कल्र्भर्ट २७, सडक ग्राभेल १०० किमी, बिद्युत बिस्तार ४८० थान, सिंचाई ५० बिगाहमा र ३२ वटा भवन तथा मठमन्दिर निर्माण गरेका थियो । हाल सम्म विभिन्न खोला तथा खोल्साहरुमा ९८ वडा पुल कल्भर्ट वनाएको, १८५ किमी सडक ग्रभेल गरेको तथा ९.७ किमी सडक कालोपत्रे गरेको छ । त्यस्तै गरी १२ किमी खानेपानी पाईप विस्तार, २८ वटा ट्युवेल, २५० वटा हिम पाईप, २ किमी ढल तथा २ किमी माटोको ड्याम समेत निर्माण गरेको थियो ।