आज:  | Wed, 25, Nov, 2020
FLASH NEWS

झापा, मोरङ, सुनसरीमा नदी तटीय क्षेत्रका वासिन्दालाई सजग रहन आग्रह


समृद्ध अनलाईन १६ भाद्र २०७७, मंगलवार ०७:१८ मा प्रकाशित ( महिना अघि) १२४ पाठक संख्या

अर्जुनधारा, भदौ १६ गते । आईतबार साँझ देखि परेको अविरल वर्षका कारण खोला तथा नदिहरुमा भलबाढी आएका कारण झापा मोरङ र सुनसरीका नदि तटिय क्षेत्रका वासिन्दालाई सजग रहन आग्रह गरिएको छ । बेलुका देखि  झापा, ईलाम, सुनसरी र मोरङ जिल्लाका अधिकांश क्षेत्रमा भारी बर्षा भएका कारण जल तथा मौसम विज्ञान विभागले नदि तटिय क्षेत्रका वासिन्दालाई सोमबार १० वजे सम्म सजग रहन आग्रह गरेको हो ।

अविरल वर्षाका कारण मेची नदि, निन्दा खोला, बिरिङ खोला , मावा खोला, नुना खोला, बुढी खोला र कन्काई नदिको तल्लो तटिय क्षेत्र लगायत सो क्षेत्र भएर बहने साना खोलामा आकस्मिक बाढी तथा होचा स्थानमा डुबान हुन सक्ने भएका कारण बिहान १० बजे सम्म सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । आईतबार साँझ देखि प्रदेश एकका अधिकाँश स्थानमा पानी परी रहेका कारण नदि तटीय क्षेत्र मात्र नभएर अन्य स्थानमा समेत सजग रहनु पर्ने अवस्था रहेको विभागले सुचना जारी गरेको छ ।