आज:  | Wed, 30, Sep, 2020
FLASH NEWS

गजल


समृद्ध अनलाईन १८ भाद्र २०७७, बिहीबार २०:२७ मा प्रकाशित ( हफ्ता अघि) १३८ पाठक संख्या

-अनिल तिखत्री

पत्थर पनि पगालेर आकार बनाउनु छ !

हाम्रो माया पिरतिलाई साकार बनाउनु छ !!

तिमीले मेरो दिल चोरेर बेहाल बनाए पछि !

मन सँग मन जोडेर एकाकार बनाउनु छ !!

हाम्रो सुन्दर संसार प्रितिको रंगले सजाउन !

मायाको बन्धनकै दरिलो प्राकार बनाउनु छ !!

धड्कनले सधैं नाम तिम्रो लिएर मात्रै चल्दैछ!

यो दूरी मेटेर धरती निराकार बनाउनु छ !!