आज:  | Wed, 30, Sep, 2020
FLASH NEWS

बिहीबार देखि ओखलढुंगा अन्धकार!


समृद्ध अनलाईन १९ भाद्र २०७७, शुक्रबार १२:४९ मा प्रकाशित ( हफ्ता अघि) ६६ पाठक संख्या

ओखलढुंगा, १९ गते । ओखलढुंगा सदरमुकार र आसपासमा विहीबार राति देखि विद्युत अबरूद्ध भएको छ । खोटाङको बुइपा जलजले ३३ केभी प्रशारण लाइन बिग्रीएिपछि विद्युत अबरूद्ध भएको हो ।
बिद्युत लाईन बिग्रएको स्थान शुक्रबार दिउँसो १२ बजेसम्म फेला परेको छैन । विद्युत सुचारू गराउन विहानै देखि प्राविधिकहरू परिचालन गरिएको भए पनि कुन स्थानमा विग्रीएको पत्ता लाग्न नसकेको नेपाल विद्युत प्राधिकरण ओखलढुंगा वितरण केन्द्रका प्रमुख संंजीव शाहले जानकारी दिए ।
ओखलढुंगामा यसरी हरेक हप्ता बिद्युत अवरुद्ध भई हँदा संवन्धित सरोकारवालाले समय मै चासो देखाई नियमित आपुर्ती गर्नु पर्ने देखिन्छ । नियमित बिद्युत आपसर्ती नहुँदा सरकारी कार्यालय, वितिय संस्थाले नयमित काम गर्न कठिन भई रहेको अवीथा छ भने जिल्लामा संचालित संचार माध्ययमहरु बन्द नै गर्नु पर्ने अवस्था सृजना हुने गरेको छ ।