आज:  | Wed, 30, Sep, 2020
FLASH NEWS

बन्दाबन्दीको अवसरः सानैदेखिको मुर्तिकार बन्ने सपना पुरा


समृद्ध अनलाईन २३ भाद्र २०७७, मंगलवार ०९:१४ मा प्रकाशित ( हफ्ता अघि) ८१ पाठक संख्या

सरोज निरौला
यतिबेला विश्व कारोना संक्रमणसँग जुधी रहेको छ । गत चैत ११ देखि नेपालमा पनि बन्दाबन्दी गरेर यसको रोकथामका लागि प्रयास भने नभएका हैनन र पनि नेपालमा सोमबार सम्ममा ४७ हजार २ सय ३६ जनामा कोरोना संक्रमण भई सकेको छ । हाल सम्म नेपालमा ३ सय जनाले कोरोना कै कारण ज्यान गुमाई सकेका छन् ।
सरकारले बन्दाबन्दी घोषण गरेपछि जरुरी काममा बाहेक मानिस घरको घरमै रहे । बन्दाबन्दीले कोरोना सङक्रणमा केही हद सम्म न्यूनीकरण भए पनि पछिल्लो समय संक्रमितको संख्या दैनिक १ हजारको हाराहारीमा बढी रहेको छ भने दैनिक १० जना भन्दा बढीले ज्यान गुमाई रहेका छन् ।
बन्दाबन्दीको समय कतिपय मानिसले मानसिक एवं शारीरिक पीडा भोगी रहेका छन त कतिपयलाई बरदान समेत बनेको छ । यसैमध्येका एक उदाहरण हुन् मोरङको मिक्लाजुङ गाउँपालिका– ५ ठूलो साम्लिङका गायत्री कुलुङ । २४ बर्षिय गायत्रीले बन्दाबन्दीकै समयलाई माटो र ढुंगालाई आकृति दिँदै मूर्ति बनाउनमा खर्चिए । सानै उमेरदेखिनै मूर्तिमा सौखिन गायत्रीलाई मूर्ति बनाउन चाहिँ बन्दाबन्दीले नै सिकायो । गाँउमा घर लिपपोतमा प्रयोग हुने कमेरो (माटो) लिन जाँदा आफूले बनाएको आकृति र त्यही आकृतिबाट शुरु भएको हो उनको मूर्तिकार बन्ने सपना । सामान्य परिवारमा जन्मिएका कुलुङले उच्च शिक्षा त आर्जन गर्न सकेनन् तर एक मुर्तिकार बन्ने सपना भने पुरा गरे । उनले गाँउमै जि के मुर्तिकला केन्द्र दर्ता गरेर काम गरीरहेका छन् । उनि ढुंगा, सिमेन्ट, माटोबाट मुर्ति बनाउन अब्बल त छदै छन् शिलालेख र अभिनयमा पनि उत्तिकै सिपालु छन् उनले यो सिप संगसगै लघु चलचित्रमा अभिनय समेत गरिसकेका छन् ।

३ बर्ष सम्म कसैको सहयोग बिना आफै सिकेका उनले हाल सम्म २ सय भन्दा बढि मुर्ति बानाई सकेका छन् । बाहिर कुनै काममा जानु नपरेपछि मुर्ति निर्माण गर्न समय पाएको र आफ्नो लागि लकडाउन एउटा अवसर भएको उनि बताउँछन् । यहि कलालाई भविश्य बनाउने सोचमा रहेका कुलुङले आफु अझैपनि सिकाईको क्रममा रहेको र मुर्ति विक्रिको लागी खासै बजार नभेटेकाले घरखर्च चलाउन सामान्य काम गर्न बाहिर निस्कने बताउँछन् ।
उनलेले जुनसुकै क्षेत्रमा आवश्यक पर्ने आकृती ढुुंगामा कुँदेका छन् । एउटा मुर्ति बनाउन कम्तिमा पनि ३ महिना लाग्ने तर सिमेन्टको मुर्ति निर्माण गर्न ढुंगालाई जस्तो समय नलाग्ने उनले बताए । उनले एउटा ढुंगाको मुर्ति ३ लाख र सिमेन्टको मुर्ति १ लाख ५० हजार तथा साना मुर्ति २० देखि ५० हजार सम्ममा बचेको पनि बताए ।

गाँउघरमा पाईने हाते औजार र केहि आधुनिक औजार प्रयोग गरेर उनि मुर्ति निर्माण गर्दै आईरहेका छन् । उनले निर्माण गरेको किराँती धर्मगुरु यलम्मबरको मुर्ति प्रयोग गरी ठुलो साम्लिङमा एउटा चोकनै निर्माण गरिएको छ । श्रीमती एक छोराको साथमा रहँदै आएका कुलुङलाई पारीवारको पनि राम्रो साथ रहेको छ । उनले अहिलेसम्म गाँउपालिकासँग सहयोग नमागेको र आवश्यक परे सहयोगको अपेक्षा राख्ने उनले बताए । यसरी आफ्नो कलालाई आफ्नै क्षेत्रमा प्रयोग गर्न चाहने युवाहरुको लागी स्थानियतहले संरक्षण गर्नसके बिदेशीनु पर्ने बाध्यता समेत हट्ने थियो ।