आज:  | Wed, 30, Sep, 2020
FLASH NEWS

ओखलढुंगामा अनिस्चितकालिन हाटबजार बन्द


समृद्ध अनलाईन २३ भाद्र २०७७, मंगलवार १९:४५ मा प्रकाशित ( हफ्ता अघि) १४ पाठक संख्या

ओखलढुगा, भदौ २३ गते । ओखलढुंगा सदरमुकाममा अर्को सुचना जारी नभए सम्मका लागि ओलढुंगामा हाटबजार बन्द गरिएको छ । ९ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सिद्धिचरण नगरपालिकाले वजार क्षेत्रमा सुचना गर्दै हाटवजार बन्द गरेको हो ।
नगरपालिकाले अत्यावश्यक बाहेकका सबै सेवा समृ बन्द गरेको छ । नगरपालिकाले अर्को सूचना जारी नभएसम्मका लागि प्रदान गरिने अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरेको जनाएको छ । नगरपालिका अन्तर्गतका सबै शाखाहरु र मातहतका वडा कार्यालयहरुबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सेवाहरु समेत बन्द गरेको जनाएको छ।

नगरपालिकाले अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिएकाले कार्यालय आउन नपर्ने कर्मचारीहरू खोजी भएको अवस्थामा उपस्थित हुन समेत अनुरोध गरेको छ । संक्रमणको जोखिमलाई मध्यनजर गर्दै उचच सतर्कता अपनाई जनस्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गरी आवश्यक काम बाहेक हिँड्डुल नगर्न हुन समेत नगरपालिकाले आम सर्वसाधरणलाई अनुरोध गरेको छ । समुदायमा संधmमण फैलिन नदिनका लागि होम क्वारेन्टाइनमै बसिदिन हुन अनुरोध गर्दै नगरपालिकाले हप्ताको दुईदिन लाग्ने हाट वजार अर्को सुचना नभए सम्म पुर्ण रुपमा बन्द गरेको सर्वसाधणमा सुचना जारी गरेको छ ।