आज:  | Wed, 30, Sep, 2020
FLASH NEWS

राप्रपा राणा समुहका जिल्ला अध्यक्ष लुइटेल नेकपा प्रवेश


समृद्ध अनलाईन २७ भाद्र २०७७, शनिबार १६:०० मा प्रकाशित ( हफ्ता अघि) ६५ पाठक संख्या

ओखलढुंगा, भदौ २७ गते । ओखलढुंगामा राष्ट्रिय प्रजातन्त्र पार्टी (साविक राणा समुह) का जिल्ला अध्यक्ष जगत प्रसाद लुईटेल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । लुइटेल राप्रपा राणा समहुमा लामो समयदेखि जिल्ला नेतृत्वमा थिए । उनले प्रवेश कार्यक्रममा राप्रराबाट परिवर्तन र मुलुकको समृद्धि सम्भव नरहेकाले राजनितिको मूलधारमा आफँु आएको बताए ।
उनीसहित राप्रपाका क्षेत्रीय सदस्य देवेन्द्र खत्री र चम्पादेवीको कालिका गउँ कार्यसमति नेकपामा प्रवेश गराइएको छ । यस अघि राप्रपाको एक घटक सिंगो कमिटी नै नेपाली काँग्रेसमा प्रवेश गरेको थियो । यो सँगै राप्रपामा जिल्लामा कुनै आधिकारिक कमिटी छैन । नेकपाको चम्पादेवी गाउँ कमिटीको बैठकपछि उनलाई नेकपा प्रवेश गराइएको नेकपाका जिल्ला सचिवालय सदस्य तीर्थ सुवेदीले जानकारी दिए । लुइटेल २०५४ सालको स्थानीय चुनावमा तत्कालीन नेकपा एमालेका तर्फबाट साविक कालिका गाविसको गाविस अध्यक्ष समेत निर्वाचित भएका थिए ।
राजाको शासन कालमा उनी राप्रपा प्रवेश गरेका हुन् । उनी मूल घरमा फेरि फर्केको उचित जिम्मेवारी दिइने नेकपाका नेता सुरेश थापाको भनाई छ । उनी प्रवेश गरेको भीडसहितको फोटो सामाजिक सञ्जालमा पोष्ट गरे पछि कोरोनाको महामारीमा पार्टी प्रवेश गराएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना समेत भएको छ । पछिल्लो समय ओखलढुंगामा पार्टी प्रवेश कार्यक्रमले चुनाव आएको झल्को दिएको छ ।