आज:  | Wed, 30, Sep, 2020
FLASH NEWS

ओखलढुंगामा बोलेरो दुर्घटना, दुई घाईते


समृद्ध अनलाईन २७ भाद्र २०७७, शनिबार १६:४९ मा प्रकाशित ( हफ्ता अघि) ६० पाठक संख्या

ओखलढुंगा, भदौ २७ गते । ओखलढुंगाको लिखु गाउँपालिका वडा नं. ८ मा बोलेरो दुर्घटना हुँदा २ जना घाइते भएका छन् । शनिवार बिहान वडा नम्बर ८ मा भएको दुर्घटनामा ४६ वर्षका पूर्णबहादुर खड्का र बोलेरो धनी दलबहादुर खत्री घाइते भएका हुन् ।
घाइते पुर्णबहादुर खड्काको अवस्था भने गम्भीर रहेको र उनको खड्काको टाउको र शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ । दैनिक उपभोग्य सामाग्री लिनका लागि पोखरीडाँडाबाट सिरिसे जाँदै गरेको बा२१च ४५३७ नम्बरको बोलेरो वडा नम्बर ८ को चेपढुंगामा अनियन्त्रित भई दुर्घटना हुँदा सडकबाट करिब ५० मिटर तल खसेको थियो । दुर्घटनापछि बोलेरो चालक मोलुङ गाँउपालिका ६ श्रीचौरका २४ वर्षीय एकबहादुर तामाङ भने फरार छन् । घाइतेको उद्धार गरी उपचारका लागि रामेछापको मन्थली पठाइएको र फरार चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक मिलनसिंह बस्नेतले बताए ।