आज:  | Wed, 30, Sep, 2020
FLASH NEWS

सिन्धुपाल्चोकमा फेरी पहिरो, १८ घरका सबै बेपत्ता


समृद्ध अनलाईन २८ भाद्र २०७७, आईतवार ०५:२० मा प्रकाशित ( हफ्ता अघि) ४९ पाठक संख्या

सिन्धुपाल्चोक, भदौ २८ गते । सिन्धुपाल्चोकको बाह्बिसे नगरपालिका ७ घुम्थाङमा १८ घर पहिरोले बगाएको छ । पहिरोमा परि १८ घरका सबै बेपत्ता भएका छन् ।
पहिरोले भीरखर्कका १० र नाग पुच्छेका ८ घर तथा किम्बे गाउँ पहिरोले बगाएको इलाका प्रहरी कार्यालय बाह्बिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए । थप बिवरण आउन बाँकी छ । ठाडो खहरे खोलाको बाढीसँगै पहिरो गएको स्थानीय श्याम गोलेले बताए । घटनास्थलमा प्रहरी जाँदै छ । स्थानीय खोजी कार्यमा जुटेका छन् ।